धनगढीमा निजी वायुसेवा कम्यती यतीको परीक्षण उडान
धनगढी- धनगढी र सुर्खेत विमानस्थलमा यती एअरलाइन्सले शनिबार परीक्षण उडान गरेको छ । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सको एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।
दुवै ठाउँमा सफलातपूर्क परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।
परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका...












