धनगढी- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार राति ११ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो ।
डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्ना कच्ची सडक खण्डको ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रावतको ट्याक्टरको ट्राली मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

