मेरा विरुद्ध फैलाइएका अफवाह निराधार छन् : एमाले नेता धामी
धनगढी- बझाङको दुर्गाथली गाउँपालिकाको विद्युतिकरण योजनासँग सम्बन्धित विवाद चुलिएपछि नेकपा (एमाले) नेता दल बहादुर धामीले आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले आफूलाई आधारहीन रूपमा विवादमा तानिएको बताउँदै घटनाको वास्तविक विवरण सार्वजनिक गरेका हुन्।
धामीका अनुसार बझाङका सबै पालिकामा विद्युत विस्तारका लागि ठेक्का परिसकेको भए पनि कानुनी जटिलताका कारण दुर्गाथलि ५, ६, ७ वडामा केन्द्रीय लाइन विस्तार ढिला भएको थियो। यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखा उपनिर्देशक लोकेन्द्र साउदसँग छलफल गर्दा उनले "फाइल तलबाट आउनुपर्छ" भन्ने जानकारी दिएका थिए। त्यसपछि धामीले जिल्ला प्रशासनका सम्बन्धित निकायसँग समन्वय गरी फाइल अघि बढाएका थिए।
२०८१ साल कात्तिक मसान्तमा जाप्रि र मंसिर १ गते चुवावनमा आयोजित भेलाबाट वडाको सिफारिस गराई पालिकामा पठाइएको थियो। धामीका अनुसार, "पालिका कार्यकारी झलक दौ...












