धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश आउने भएका छन्। ओली आइतबार (भोली) सुदूरपश्चिम आउने भएका हुन् ।
सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतवार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।
प्रधानमन्त्री ओलीले आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित हुनेछन् । त्यस्तै उनलेे आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

