Advertisement

ताजा अपडेट

इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं

इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- अमेरिकाले इरानमाथि पुनः आक्रमण गरे खाडी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाफ दिइने बताएका हुन्। अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर र टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिएका छन्। उनले कुनै पनि ‘आक्रामक गतिविधि’को इरानले कडा प्रतिकार गर्ने बताएका छन्। त्यसपछि साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँगको वार्तामा पनि अराघचीले अमेरिका वा इजरायलले आक्रमण गरे वा त्यसमा क्षेत्रीय मुलुकले साथ दिए इरानले अनुपातिक जवाफ दिने बताएका छन्। यसैबीच, इरानको स...
दार्चुलाबाट एक वर्षमा ९० हजार किलोभन्दा बढी हिमाली जडीबुटी निकासी

दार्चुलाबाट एक वर्षमा ९० हजार किलोभन्दा बढी हिमाली जडीबुटी निकासी

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला-  दार्चुलाबाट  ९० हजार १२० किलोग्राम हिमाली जडीबुटी बाहिरी जिल्ला तथा विदेशमा निकासी भएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुलाबाट गत आर्थिक वर्ष २०८२/८३ मा उक्त हिमाली बाहिरी अन्य जिल्ला तथा विदेशमा निकासी भएको हाे । जिल्लाबाट कैलाली, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा जडीबुटी निकासी हुने गरेको छ भने यार्चागुम्बा र वनलसुनजस्ता बहुमूल्य जडीबुटी विदेशमा समेत निर्यात हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन अमरसिंह धामीले जानकारी दिए। उनका अनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाबाट हरेक वर्ष १० देखि १२ प्रकारका जडीबुटी निकासी हुने गरेका छन्। बहुमूल्य जडीबुटी यार्चागुम्बा भने अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको छ। डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी दुर्गा जोशीका अनुसार गत...
थलारामा स्वास्थ्यकर्मीका लागि पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम

थलारामा स्वास्थ्यकर्मीका लागि पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- जिल्लाकाे थलारा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको पोषणसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न दुईदिने पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम शुक्रबारदेखि सुरु भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित तालिममा पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। तालिममा गर्भवती तथा सुत्केरी महिलाको पोषण, शिशु तथा बाल पोषण, किशोर–किशोरीको पोषण, कुपोषणको पहिचान तथा व्यवस्थापन, पोषण परामर्श, सन्तुलित आहार र समुदायमा पोषण प्रवर्द्धनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइनेछ। गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका वरिष्ठ अधिकृत लालबहादुर धामी र थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका छन्। त...
असाममा मनसुनी बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

असाममा मनसुनी बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गएको आइतबारयता बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको हो। अत्यधिक मनसुनी वर्षाका कारण ब्रह्मपुत्र नदीमा आएको बाढीले असामका सात जिल्ला प्रभावित भएका छन्। बाढीबाट झण्डै ३ लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। चराइदेव जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १ लाख ३७ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। यस्तै, शिवसागरमा ८४ हजार र जोर्हाटमा ४९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। यसैबीच, भारतको मौसम विज्ञान विभागले आज पनि असामसहित छिमेकी राज्य अरुणाचल प्रदेश र नागाल्यान्डका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।...
गोली लागेर मृत्यु भएका गणेशका परिवारलाई १० लाख राहतसहित आठबुँदे सहमति

गोली लागेर मृत्यु भएका गणेशका परिवारलाई १० लाख राहतसहित आठबुँदे सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सिरहा- सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ। मृतक परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समेट्दै सहमति गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए। सहमति अनुसार गणेश यादवको मृत्यु घटनाको सत्यतथ्य छानबिन गरिने, उनलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ। यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, गणेशको नाममा पार्क निर्माण र उनका बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ। शनिबार नै शव बुझेर दाहसंस्कार गर्ने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ। गृहमन्त्री गुरुङका अ...
आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थान आसपास रहेकाले वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा सामान्यतया बदली भएको छ। बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको ...
क्यान्सरसँग संघर्षरत दार्चुलाका दीपक राज विष्टलाई उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरसँग संघर्षरत दार्चुलाका दीपक राज विष्टलाई उपचारका लागि आर्थिक सहयोगको अपिल

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मिलमिली निवासी दीपक राज विष्ट क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेका विष्टको हालसम्म तीन पटक शल्यक्रिया भइसकेको छ। चिकित्सकका अनुसार उनको थप शल्यक्रिया तथा नियमित उपचार र औषधोपचार आवश्यक रहेको परिवारले जनाएको छ। उपचारका क्रममा लाखौँ रुपैयाँ खर्च भइसकेपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको र थप उपचारका लागि आर्थिक अभाव भएको जनाइएको छ। रोगको पीडासँगै उपचार खर्च जुटाउन कठिन भएपछि विष्टको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको हो। परिवारले दीपकको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई आफ्नो सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ। सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा दीपक राज विष्टको नाममा रहेको खाता नम्बर १३००५३००००७९५५ मा रकम जम्मा गर्न सकिने जनाइएको छ। परिवारले सहयोग गर्ने सबैलाई धन्यवाद दिँ...
बझाङ विकासका लागि ऐन महरको दौडधुप

बझाङ विकासका लागि ऐन महरको दौडधुप

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं: बझाङ जिल्लाका विभिन्न स्थानमा आवश्यक मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको माग गर्दै स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार साहलाई मागपत्र बुझाइएको छ । बझाङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य ऐन महरसहितको टोलीले पुल्चोकस्थित विभागको कार्यालयमा पुगेर जिल्लामा आवश्यक रहेका पुलहरूको सूची महानिर्देशक साहलाई हस्तान्तरण गरेको हो । भेटका क्रममा महानिर्देशक साहले प्रस्तुत गरिएका मागहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित योजनाहरूलाई आवश्यक प्रक्रिया अनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सांसद महरले जानकारी दिएका छन्। बझाङका दुर्गम बस्तीमा वर्षायाममा आवागमनमा हुने कठिनाइलाई मध्यनजर गर्दै आवश्यक स्थानमा मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको माग गरिएको जनाइएको छ। यस अवसरमा सांसद महरले बझाङको समग्र विकास सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जिल्ला...
७ वर्षीय बालक दुर्घटनामा परेपछि विद्यालयको जिम्मेवारीमाथि प्रश्न

७ वर्षीय बालक दुर्घटनामा परेपछि विद्यालयको जिम्मेवारीमाथि प्रश्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- गएको बुधबार पूर्वपश्चिम राजमार्ग पार गर्नेक्रममा ७ वर्षीय आरब बोहरा मोटरसाइकलको ठक्करबाट घाइते भए । कैलाली गौरिगङ्गा नगरपालिका- ४ स्थित ग्रीन स्टार स्कुलमा अध्ययनरत बोहरा घर फर्किने क्रममा सडक पारगर्दैगर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए । घटनापछि मोटरसाइकल चालक फरार भए पनि प्रहरीले खोजी गरी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। तर, अहिले यो घटना मोटरसाइकल चालकको लापरबाहीमा मात्र सीमित नभई विद्यालय प्रशासनको जिम्मेवारीमाथि समेत प्रश्न उठेको छ। स्थानीय तथा अभिभावकहरूले घटना भएको दिन अभिभावक नआउँदै विद्यालयले बालकलाई घर जान अनुमति दिएको र त्यसपछि उनी एक्लै सडक पार गर्ने क्रममा दुर्घटनामा परेको आरोप लगाएका छन्। यदि अभिभावक नआउँदै ७ वर्षीय बालकलाई विद्यालयबाट एक्लै घर जान अनुमति दिइएको हो भने, विद्यार्थीको सुरक्षाप्रति विद्यालय प्रशासन कति जिम्मेवार र संवेदनशील थियो भन्ने प्रश्न उठ...
आजको मौसम : केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

आजको मौसम : केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। यस्तै, हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी नै बझाङमा सुरक्षित र व्यवस्थित कार्यस्थलको अभावमा सेवा दिन बाध्य भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा प्रहरी संगठनका आफ्नै भवन पर्याप्त नहुँदा अधिकांश प्रहरी कार्यालय भाडाका घर, जीर्ण संरचना तथा अन्य सरकारी कार्यालयमा सञ्चालन भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मातहत रहेका ३२ प्रहरी इकाइमध्ये १९ वटा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोस्ट अझै पनि आफ्नै भवनविहीन छन् । तीमध्ये धेरैजसो कच्ची तथा जीर्ण भवन, जस्तापाताले छाएका टहरा वा भाडाका घरबाट सञ्चालन भइरहेका छन् । भवन अभावमा सञ्चालन भइरहेका इकाइमा इलाका प्रहरी कार्यालय दुर्गाथली, प्रहरी चौकी लासी, विमानस्थल सुरक्षा गार्ड, प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्ड, अस्थायी प्रहरी पोस्ट बागथला, केदारस्युँ गाउँपालिका झोता, बुङ्गल बिजगडा, बुङ्गल ११ प...
डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले आज अनसन तोडेका छन्। सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने भएको छ। साथै, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी तथा जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी तत्काल पूरा गर्ने सहमति भएको छ। त्यस्तै, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदलगायतका सम्पूर्ण व्यवस्था तत्काल गर्ने सहमति भएको छ। विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिसहितका विषयमा आवश्यक संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनबाटै अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने सहमति पनि भएको छ। नेपालमा सञ्चालित चिकित्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज