Advertisement

Author: शिवजी मण्डेल

शिवजी मण्डेल कामनाटुडे तथा कामना टेलिभिजनका सह-सम्पादक  हुन। उहाँ संग केदार एफ एम, रेडियो थलारा लगायतका रेडियोमा काम गरेको ६ वर्ष बढी अनुभव छ ।
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवकाश लिएका छन्। छबिसपाथिभेरा गाउँपालिका–४ झुतेरामा जन्मिएका रेग्मीले भदौ २० गतेदेखि औपचारिक रूपमा शिक्षण सेवाबाट अवकाश लिएका हुन्। ‘रेग्मी सर’का नामले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा परिचित रेग्मीले बझाङका विभिन्न विद्यालयमा रहेर हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन्। विशेषगरी छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराएका उनले त्यही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाले। रेग्मीले २०६३ देखि २०६९ सालसम्म मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि पनि उनी लामो समय सोही विद्यालयमा अध्यापनरत रहे। २०७७ फागुन २२ गतेसम्म मजखोरीमा अध्यापन गरेपछि फागुन २३ गतेदेखि छबिसपाथिभेरा गाउँपालिक...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवार विद्युत सेवाबाट वञ्चित् रहेका हुन । राज्यले हरेक नागरिकलाई आधारभूत सेवा सुविधाको पहुँचमा पु¥याउने विभिन्न प्रतिबद्धता जनाउँदै आएको छ। संविधानले समेत नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका अधिकार सुनिश्चित गरेको छ । सरकारले नीति तथा कार्यक्रममा विद्युतको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको भए पनि काँडा टोलका नागरिक विद्युत सेवाबाट वञ्चित रहेकोे बताउँछन् । उक्त क्षेत्रको काँडा, तर्सनी, गल्थेभेरा र देउली बस्तीका स्थानीय बासिन्दा लामो समयदेखि विद्युतको पर्खाइमा छन्। जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा विस्तार भइरहँदा आफूहरू भने अझै उज्यालोको पहुँचबाट बाहिर रहेको स्थानीयको गुनासो छ। विद्युत नहुँदा दैनिक जनजीवनसँगै बालबालिकाको पढाइ, सञ्चार, सूचना प्...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको रौनक छाएको छ। प्रत्येक वर्ष भदौ १८ गतेदेखि सुरु हुने बिस्सती जात अर्थात् बिर्सती मेला अहिले थलिनौबिस क्षेत्रमा विशेष उल्लासका साथ मनाइँदैछ। भदौ १८ गते साँझ लेकगाउँ र दौलाको दैपाण अर्थात् देउघरमा पूजा-आराधना सुरु गरेपछि बिर्सती मेला प्रारम्भ भएको मानिन्छ। बिर्सती मेला कुनै तिथि वा पक्षका आधारमा नभई हरेक वर्ष भदौ १८, १९, २० र २१ गते मनाउने परम्परा रहेको स्थानीय बताउँछन्। सुदूरपश्चिमकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बिर्सती मेला पुनर्मिलन र सामूहिक सामाजिक स्मृतिको वार्षिक पर्वका रूपमा समेत स्थापित रहेको स्थानीयको भनाइ छ। महालिङ्ग, दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया तथा भक्तजनहरूले परापूर्वकालदेखि नै यो मेला मनाउँदै आएका छन्। मेलाको अवधि...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारिएको छ। मेला नजिकिँदै गएसँगै मेला मूल आयोजक समिति, स्थानीय युवा, खेलाडी, समाजसेवी तथा स्थानीयवासी तयारीमा जुटेका छन्। परम्परादेखि मनाइँदै आएको बिरीजात मेला यस वर्ष विगतका वर्षभन्दा फरक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको मेला मूल आयोजक समितिले जनाएको छ। विगतमा मुख्यतः देउडा, ढाँके नाच, भलिबल तथा क्रिकेटजस्ता गतिविधिमा सीमित हुँदै आएको मेलामा यस वर्ष खेलकुद प्रतियोगितादेखि राष्ट्रियस्तरका कलाकारको प्रस्तुति र सांस्कृतिक कार्यक्रमसम्म समेटिने भएका छन्। यसकारण पनि यसपटकको बिरीजात मेलालाई स्थानीयले सामान्य मेलाभन्दा माथि उठेर ‘सानो महोत्सव’कै रूपमा लिन थालेका छन्। मेलालाई सभ्य, भव्य, मर्यादित र अविस्मरणीय बनाउन स्थानीयस्तरबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगस...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक २०८२,०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले गरेका स्वास्थ्य सेवा प्रवाह, भोग्नु परेको चुनौती तथा प्रगतिका विषयमा समीक्षा गरिएको स्वास्थ्य प्रमुख अम्मराज बिष्टले कामना टुडेलाई जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सूचक (इन्डिकेटर) का आधारमा स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन गरी उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थालाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मान गरिएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई समेत सम्मान गरिएको थियो। यसैबीच कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका इन्चार्जहरूलाई आवश्यक सामग्रीसहित झोला वितर...
डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले आज अनसन तोडेका छन्। सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने भएको छ। साथै, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी तथा जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी तत्काल पूरा गर्ने सहमति भएको छ। त्यस्तै, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदलगायतका सम्पूर्ण व्यवस्था तत्काल गर्ने सहमति भएको छ। विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिसहितका विषयमा आवश्यक संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनबाटै अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने सहमति पनि भएको छ। नेपालमा सञ्चालित चिकित्...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन भइरहेका सवारीसाधनको नियमित निगरानी बढाउनुका साथै क्षमताभन्दा बढी यात्रु बोक्ने, व्यक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारीसाधनमा यात्रु ओसारपसार गर्ने तथा सवारीसाधनका सिसामा कालो स्टिकर लगाउने कार्यमाथि निगरानी बढाएको हो। ट्राफिक प्रहरीका अनुसार सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्दा तथा सिसामा कालो स्टिकर लगाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको हो। आइतबार जिल्ला सदरमुकाम चैनपुरमा गरिएको अनुगमनका क्रममा १२ वटा सवारीसाधनमा अनधिकृत रूपमा राखिएका सिट तथा हुट हटाइएको छ। यस्तै, दुईवटा सवारीसाधनका सिसामा लगाइएका कालो स्टिकरसमेत हटाइएको ट्राफिक प्रहरीले जनाएको छ। यसैगरी, व्यक्तिगत प्रयोजनका लागि ख...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

Breaking News 1, ताजा अपडेट, पर्यटन, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमणीय वातावरणले यस झरनाले समग्र वडाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएको छ। यति ठूलो सम्भावना बोकेको पर्यटकीय स्थल भए पनि पर्याप्त प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय सरकारको प्राथमिकतामा पर्न नसक्दा दानछडा झरना अझै ओझेलमै परेको छ। यदि यसको व्यवस्थित प्रचारप्रसार गरिनुका साथै पहुँचमार्ग, विश्रामस्थल, सुरक्षा व्यवस्था र अन्य पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइयो भने यो क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने प्रबल सम्भावना रहेको छ। पछिल्लो समय स्थानीय युवा पुस्ताले दानछडा झरनाको प्रचारप्रसार, संरक्षण तथा आवश्यक संरचना निर्माणका लागि आवाज उठाउँदै आएका छन्। सम्बन्धित निकायले पनि यस सम्भावनालाई समयमै पहिचान गरी आवश्यक योजना र लगा...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा स्थित युपि ओजेना बस्तीवासीमा खानेपानीको सहज पहुँच सुनिश्चित गर्न वडा कार्यालयले खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरेको हो । उक्त टोलमा सौर्य ऊर्जामार्फत लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति हुँदै आएको छ। घाम लागेको समयमा पर्याप्त पानी उपलब्ध भए पनि बादल लाग्दा सौर्य ऊर्जाको क्षमता घट्ने र पानी आपूर्ति बन्द हुने समस्या स्थानीयले लामो समयदेखि भोग्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले स्थानीयलाई पानी संकलन गरी आवश्यक समयमा प्रयोग गर्न मिल्नेगरि ५ सय लिटरको २० वटा ड्राम वितरण गरेको छ । टोलबासीले सुरक्षित तथा स्वच्छ खानेपानी संकलन गरी प्रयोग गर्न सकून् भन्दै ड्राम वितरण गरिएको वडाध्यक्ष हरिश खड्काका बताउनुभयो । सौर्य ऊर्जामा आधारित...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एडभान्स तालिम दिइरहेको  छ । गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई एक महिने तालिम सञ्चालन गरिएको हो । यसअघि आधारभूत सीप तालिम लिइसकेका सहभागीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक ज्ञानसँगै उन्नत सीप सिकाउन एडभान्स तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय स्रोत र साधनको प्रयोगमार्फत स्वरोजगार सिर्जना गर्ने तथा घरेलु उत्पादनलाई व्यवसायिक बनाउन तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख नरेश बहादुर जेठाराले जानकारी दिए । पहिलो चरणमा आधारभूत सीप सिकेका सहभागीलाई अब उत्पादनको गुणस्तर, डिजाइन, बजारीकरण तथा आधुनिक प्रविधिबारे थप ज्ञान दिइँदैछ उनले भने,,। तालिममा अल्लो तथा भाङ्गो प्रशोधन, धा...
थलाराको छडिभेल झरनाको उचाइ आधिकारिक रुपमा मापन, ७०.५ मिटर अग्लो रहेको पुष्टि

थलाराको छडिभेल झरनाको उचाइ आधिकारिक रुपमा मापन, ७०.५ मिटर अग्लो रहेको पुष्टि

Breaking News 1, ताजा अपडेट, पर्यटन, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको थलारा गाउँपालिकाको धार्मिक,प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तव्य मानिएको छडिभेल झरनाको उचाइ मापन गरिएको छ । थलारा गाउँपालिका-८ मा अवस्थित उक्त झरनाको मंगलबार गाउँपालिकाको टोलीले उचाइ मापन गरेको हो । पालिकाका इन्जिनियर संगीत रोकायाको टोलीले गरेको मापनले झरना उचाइ २ सय ३१.३० फिट अर्थात ७०.५ मिटर रहेको प्रमाणित भएको छ । विगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यस झरनाको हालसम्म आधिकारिक उचाइ पुष्टि हुन सकेको थिएन। पर्यटकहरूले झरनाको उचाइबारे जिज्ञासा राख्दै आए पनि यकिन जानकारी नपाउँदा कौतूहलता कायमै थियो। अब गरिएको मापनसँगै झरनाको वास्तविक उचाइ सार्वजनिक भएपछि पर्यटकहरूको कौतूहलता मेटिने अपेक्षा गरिएको छ । थलारा गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समेत छडिभेल झरनासम्बन्धी विषयवस्तु समेटिएकाले र यहाँ घुम्न आउने पर्यटकले उचाइबारे बारम्बार प्...
बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रमेश बहादुर विष्ट लाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार गाउँपालिकामा कार्यरत वरिष्ठ कर्मचारी विष्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८५ को उपदफा (४) बमोजिम हाल प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको अवस्थामा वा अर्को व्यवस्था नहुँदासम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी विष्टलाई तोकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त निर्णय तह कार्यालयको पत्र संख्या १३४४, मिति २०८२/०९/०२ को पत्रका आधारमा गरिएको हो।   यसअघि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली को गत पौष २ गते डेढ महिनामै सरुवा भएपछि गाउँपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा रहेको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज