काठमाडौं: बझाङ जिल्लाका विभिन्न स्थानमा आवश्यक मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको माग गर्दै स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार साहलाई मागपत्र बुझाइएको छ ।
बझाङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य ऐन महरसहितको टोलीले पुल्चोकस्थित विभागको कार्यालयमा पुगेर जिल्लामा आवश्यक रहेका पुलहरूको सूची महानिर्देशक साहलाई हस्तान्तरण गरेको हो ।
भेटका क्रममा महानिर्देशक साहले प्रस्तुत गरिएका मागहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित योजनाहरूलाई आवश्यक प्रक्रिया अनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सांसद महरले जानकारी दिएका छन्।
बझाङका दुर्गम बस्तीमा वर्षायाममा आवागमनमा हुने कठिनाइलाई मध्यनजर गर्दै आवश्यक स्थानमा मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको माग गरिएको जनाइएको छ।
यस अवसरमा सांसद महरले बझाङको समग्र विकास सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जिल्लाको विकास निर्माणका योजनालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
माग गरेका पुलहरु :


