Advertisement

इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं

Advertisement

काठमाडौं- अमेरिकाले इरानमाथि पुनः आक्रमण गरे खाडी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाफ दिइने बताएका हुन्।

अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर र टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिएका छन्। उनले कुनै पनि ‘आक्रामक गतिविधि’को इरानले कडा प्रतिकार गर्ने बताएका छन्।

त्यसपछि साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँगको वार्तामा पनि अराघचीले अमेरिका वा इजरायलले आक्रमण गरे वा त्यसमा क्षेत्रीय मुलुकले साथ दिए इरानले अनुपातिक जवाफ दिने बताएका छन्।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्निकट सञ्चारमाध्यम नूरन्युजले अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल तथा ग्यास क्षेत्रलाई निशाना बनाइने चेतावनी दिएको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा वार्तामार्फत समाधानको सम्भावना अझै रहेको बताएका छन्। उनले विशेष दूत स्टिभ विटकफ, विदेशमन्त्री मार्को रुबियो र जारेड कुशनरको टोलीले इरानसँग सहमति गर्न सक्ने विश्वास व्यक्त गरे पनि इरानप्रति आफ्नो विश्वास घट्दै गएको बताएका छन्। आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न सकिने उनको भनाइ थियो।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहँदै आएको छ। जुलाई महिनामा ब्रेन्ट क्रुडको मूल्य २४ प्रतिशतले बढेको थियो भने आगामी महिनाहरूमा मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ।

युद्धका कारण विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरू हुँदै हुने अधिकांश जलयातायात प्रभावित भएको छ। यसले विश्व अर्थतन्त्रमा समेत दबाब बढाएको छ।

शनिबार कुवेतको सेनाले इरानबाट प्रक्षेपण गरिएका शत्रुतापूर्ण ड्रोनहरू ध्वस्त पारेको जनाएको छ। ती ड्रोनका भग्नावशेष खस्दा उत्तरी कुवेतका केही सरकारी तथा निजी संरचनामा सामान्य भौतिक क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ।

यसैबीच, यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले पनि सुएज नहरसँग जोडिएको बाब–अल–मन्देब जलडमरूमा जहाजलाई लक्षित गर्ने चेतावनी दिएका छन्।

बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सले ओमानको तट नजिक दुई वटा समुद्री सुरक्षा घटना भएको जनाएको छ। एउटा ट्यांकर अज्ञात प्रक्षेप्यको प्रहारमा परेर इन्जिन कोठामा क्षति पुगेको छ भने अर्को ट्यांकर नजिक विस्फोट भएको भए पनि त्यसमा क्षति नभएको जानकारी दिइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज