Advertisement

दार्चुलाबाट एक वर्षमा ९० हजार किलोभन्दा बढी हिमाली जडीबुटी निकासी

Advertisement

दार्चुला-  दार्चुलाबाट  ९० हजार १२० किलोग्राम हिमाली जडीबुटी बाहिरी जिल्ला तथा विदेशमा निकासी भएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुलाबाट गत आर्थिक वर्ष २०८२/८३ मा उक्त हिमाली बाहिरी अन्य जिल्ला तथा विदेशमा निकासी भएको हाे ।

जिल्लाबाट कैलाली, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा जडीबुटी निकासी हुने गरेको छ भने यार्चागुम्बा र वनलसुनजस्ता बहुमूल्य जडीबुटी विदेशमा समेत निर्यात हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन अमरसिंह धामीले जानकारी दिए।

उनका अनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाबाट हरेक वर्ष १० देखि १२ प्रकारका जडीबुटी निकासी हुने गरेका छन्। बहुमूल्य जडीबुटी यार्चागुम्बा भने अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको छ।

डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी दुर्गा जोशीका अनुसार गत आवमा ४४४.०६ किलोग्राम यार्चागुम्बा, २ हजार ५३६.२६ किलोग्राम वनलसुन, २३५ किलोग्राम टिमुर, २० क्विन्टल पाषाणभेद, चार क्विन्टल सुगन्धवाल, २० क्विन्टल अमला, ९६ क्विन्टल अल्लो, १९७ क्विन्टल तेजपात, ३२५ क्विन्टल रिट्ठा, २० किलोग्राम सेतक चिनी र १७७ किलोग्राम चुत्रोलगायत जडीबुटी निकासी भएको छ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्र मात्रै करिब ७० किसिमका जडीबुटी पहिचान भए पनि हालसम्म ३५ किसिमका जडीबुटीको मात्रै निकासी हुँदै आएको छ।

जडीबुटी निकासीबाट गत आर्थिक वर्षमा १३ करोड ९२ लाख २४ हजार ५५ रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज