Advertisement

७ वर्षीय बालक दुर्घटनामा परेपछि विद्यालयको जिम्मेवारीमाथि प्रश्न

Advertisement

धनगढी- गएको बुधबार पूर्वपश्चिम राजमार्ग पार गर्नेक्रममा ७ वर्षीय आरब बोहरा मोटरसाइकलको ठक्करबाट घाइते भए । कैलाली गौरिगङ्गा नगरपालिका- ४ स्थित ग्रीन स्टार स्कुलमा अध्ययनरत बोहरा घर फर्किने क्रममा सडक पारगर्दैगर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए । घटनापछि मोटरसाइकल चालक फरार भए पनि प्रहरीले खोजी गरी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
तर, अहिले यो घटना मोटरसाइकल चालकको लापरबाहीमा मात्र सीमित नभई विद्यालय प्रशासनको जिम्मेवारीमाथि समेत प्रश्न उठेको छ। स्थानीय तथा अभिभावकहरूले घटना भएको दिन अभिभावक नआउँदै विद्यालयले बालकलाई घर जान अनुमति दिएको र त्यसपछि उनी एक्लै सडक पार गर्ने क्रममा दुर्घटनामा परेको आरोप लगाएका छन्।
यदि अभिभावक नआउँदै ७ वर्षीय बालकलाई विद्यालयबाट एक्लै घर जान अनुमति दिइएको हो भने, विद्यार्थीको सुरक्षाप्रति विद्यालय प्रशासन कति जिम्मेवार र संवेदनशील थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। विद्यालय परिसरमा सीसीटीभी जडान गरिएको भए पनि त्यसको प्रभावकारी प्रयोग तथा विद्यार्थीलाई सुरक्षित रूपमा घर पठाउने व्यवस्थाबारे पनि अभिभावकहरूले चासो व्यक्त गरेका छन्।
यता, सुशासन र जवाफदेहिताको कुरा गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खेम कोइराला यस विद्यालयका सञ्चालक रहेको विषय पनि अहिले चर्चामा आएको छ। सार्वजनिक जीवनमा रहेका व्यक्तिसँग सम्बन्धित संस्थामाथि प्रश्न उठेपछि त्यसको जवाफदेहिता र पारदर्शिता झनै महत्वपूर्ण हुन्छ। सुशासनको कुरा अरूलाई सिकाउने मात्र होइन, आफू र आफूले नेतृत्व गरेको संस्थामा पनि त्यही मापदण्ड लागू गर्न सक्नुपर्छ।
यद्यपि, विद्यालय व्यवस्थापनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन। त्यसैले विद्यालय प्रशासनले घटनाबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नु आवश्यक छ। विद्यालयको कुनै कमजोरी नभएको भए त्यसबारे तथ्यसहित जानकारी गराउनुपर्छ भने कमजोरी भएको भए त्यसको जिम्मेवारी लिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधार गर्नुपर्छ।
बालबालिकाको सुरक्षा कुनै पनि राजनीतिक विचार वा व्यक्तिभन्दा माथिको विषय हो। दुर्घटनाको वास्तविक कारण र विद्यालयको भूमिकाबारे निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउनु आवश्यक छ। दोषी जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ र विद्यालयमा अध्ययनरत हरेक बालबालिकाको सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज