Advertisement

७ वर्षीय बालक दुर्घटनामा परेपछि विद्यालयको जिम्मेवारीमाथि प्रश्न

Advertisement

धनगढी- गएको बुधबार पूर्वपश्चिम राजमार्ग पार गर्नेक्रममा ७ वर्षीय आरब बोहरा मोटरसाइकलको ठक्करबाट घाइते भए । कैलाली गौरिगङ्गा नगरपालिका- ४ स्थित ग्रीन स्टार स्कुलमा अध्ययनरत बोहरा घर फर्किने क्रममा सडक पारगर्दैगर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए । घटनापछि मोटरसाइकल चालक फरार भए पनि प्रहरीले खोजी गरी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
तर, अहिले यो घटना मोटरसाइकल चालकको लापरबाहीमा मात्र सीमित नभई विद्यालय प्रशासनको जिम्मेवारीमाथि समेत प्रश्न उठेको छ। स्थानीय तथा अभिभावकहरूले घटना भएको दिन अभिभावक नआउँदै विद्यालयले बालकलाई घर जान अनुमति दिएको र त्यसपछि उनी एक्लै सडक पार गर्ने क्रममा दुर्घटनामा परेको आरोप लगाएका छन्।
यदि अभिभावक नआउँदै ७ वर्षीय बालकलाई विद्यालयबाट एक्लै घर जान अनुमति दिइएको हो भने, विद्यार्थीको सुरक्षाप्रति विद्यालय प्रशासन कति जिम्मेवार र संवेदनशील थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। विद्यालय परिसरमा सीसीटीभी जडान गरिएको भए पनि त्यसको प्रभावकारी प्रयोग तथा विद्यार्थीलाई सुरक्षित रूपमा घर पठाउने व्यवस्थाबारे पनि अभिभावकहरूले चासो व्यक्त गरेका छन्।
यता, सुशासन र जवाफदेहिताको कुरा गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खेम कोइराला यस विद्यालयका सञ्चालक रहेको विषय पनि अहिले चर्चामा आएको छ। सार्वजनिक जीवनमा रहेका व्यक्तिसँग सम्बन्धित संस्थामाथि प्रश्न उठेपछि त्यसको जवाफदेहिता र पारदर्शिता झनै महत्वपूर्ण हुन्छ। सुशासनको कुरा अरूलाई सिकाउने मात्र होइन, आफू र आफूले नेतृत्व गरेको संस्थामा पनि त्यही मापदण्ड लागू गर्न सक्नुपर्छ।
यद्यपि, विद्यालय व्यवस्थापनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन। त्यसैले विद्यालय प्रशासनले घटनाबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नु आवश्यक छ। विद्यालयको कुनै कमजोरी नभएको भए त्यसबारे तथ्यसहित जानकारी गराउनुपर्छ भने कमजोरी भएको भए त्यसको जिम्मेवारी लिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधार गर्नुपर्छ।
बालबालिकाको सुरक्षा कुनै पनि राजनीतिक विचार वा व्यक्तिभन्दा माथिको विषय हो। दुर्घटनाको वास्तविक कारण र विद्यालयको भूमिकाबारे निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउनु आवश्यक छ। दोषी जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ र विद्यालयमा अध्ययनरत हरेक बालबालिकाको सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज