Advertisement

बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

Advertisement

बझाङ: राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी नै बझाङमा सुरक्षित र व्यवस्थित कार्यस्थलको अभावमा सेवा दिन बाध्य भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा प्रहरी संगठनका आफ्नै भवन पर्याप्त नहुँदा अधिकांश प्रहरी कार्यालय भाडाका घर, जीर्ण संरचना तथा अन्य सरकारी कार्यालयमा सञ्चालन भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मातहत रहेका ३२ प्रहरी इकाइमध्ये १९ वटा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोस्ट अझै पनि आफ्नै भवनविहीन छन् । तीमध्ये धेरैजसो कच्ची तथा जीर्ण भवन, जस्तापाताले छाएका टहरा वा भाडाका घरबाट सञ्चालन भइरहेका छन् ।

भवन अभावमा सञ्चालन भइरहेका इकाइमा इलाका प्रहरी कार्यालय दुर्गाथली, प्रहरी चौकी लासी, विमानस्थल सुरक्षा गार्ड, प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्ड, अस्थायी प्रहरी पोस्ट बागथला, केदारस्युँ गाउँपालिका झोता, बुङ्गल बिजगडा, बुङ्गल ११ पुतलीलेक, धमेना, पाटागाउँ तथा प्रहरी बेस बिसौनाचौरलगायत रहेका छन् ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर तथा इलाका प्रहरी कार्यालय दुर्गाथलीलगायतका कार्यालय भाडाका घरमा सञ्चालन भइरहेका छन् । केही प्रहरी इकाइ भने गाउँपालिका, नगरपालिका, स्वास्थ्य चौकी, कारागार, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा विमानस्थलका भवनमा आश्रित छन्। प्रहरी कार्यालयका लागि घरभाडा तिर्न मात्रै बर्सेनी १६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरी स्रोतका अनुसार जिल्लाका धेरै प्रहरी इकाइ वर्षौंदेखि आफ्नै भवनविहीन छन् । नयाँ भवन निर्माणका लागि पटक–पटक सम्बन्धित निकायमा प्रस्ताव पठाइए पनि आवश्यक बजेट विनियोजन हुन सकेको छैन । सुरक्षा आवश्यकता भएका केही स्थानमा गृह मन्त्रालयको औपचारिक स्वीकृतिबिनै अस्थायी रूपमा प्रहरी परिचालन गर्नुपरेको अवस्था रहेको स्रोतको भनाइ छ ।

जयपृथ्वी नगरपालिकाको प्रवेशद्वार तमैलमा चार जना प्रहरी अस्थायी रूपमा खटिएका छन् । उनीहरू जस्तापाताले छाएको जीर्ण टहरोमा बसेर सेवा प्रवाह गरिरहेका छन्। स्थानीयका अनुसार उक्त संरचना विगतमा शव राख्ने प्रयोजनका लागि प्रयोग हुने गरेको थियो।

प्रहरी स्रोतका अनुसार भवन अभाव स्थानीय तहको नभई नीतिगत तथा बजेट व्यवस्थापनसँग जोडिएको समस्या हो । आवश्यक पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा बारम्बार पहल गरिए पनि पर्याप्त बजेट अभावका कारण धेरै प्रहरी इकाइ अझै अस्थायी तथा जीर्ण संरचनाबाट सञ्चालन भइरहेका छन् ।

सुरक्षाकर्मीहरूका अनुसार वर्षायाममा जस्तापाताको छाना चुहिने, भवन चर्किने, साँघुरा कोठामा बस्नुपर्ने, कार्यालय कक्ष र ब्यारेकको अभावजस्ता समस्याले दैनिक कार्यसम्पादन प्रभावित हुने गरेको छ । अनुसन्धानका क्रममा सेवाग्राहीसँग गोप्य रूपमा बयान लिन तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्नसमेत पर्याप्त स्थान नहुँदा कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ ।

दुर्गम भौगोलिक अवस्था, निर्माण सामग्री ढुवानीको कठिनाइ र सीमित बजेटका कारण नयाँ भवन निर्माण चुनौतीपूर्ण बन्दै आएको छ। फलस्वरूप जिल्लाका अधिकांश प्रहरी इकाइ वर्षौंदेखि अस्थायी तथा जीर्ण संरचनाबाटै सेवा सञ्चालन गर्न बाध्य छन् ।

सुरक्षा विज्ञहरूका अनुसार प्रहरीको मनोबल, सेवाप्रवाहको गुणस्तर तथा विपद्का बेला उद्धार र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षित र सुविधासम्पन्न कार्यालय भवन अपरिहार्य हुन्छ । तर बझाङका धेरै प्रहरी इकाइ अझै न्यूनतम पूर्वाधारबिनै सञ्चालन भइरहनु राज्यको सुरक्षा प्रणालीकै गम्भीर चुनौती बनेको छ।

स्थानीयवासीहरूले पनि शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीका लागि सुरक्षित कार्यस्थल र व्यवस्थित आवास निर्माण गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज