Advertisement

Day: २०८१ फाल्गुन १७, शनिबार २३:४४

बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ। लेनदेनको विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका-८ का २२ वर्षीय सुरेन्द्र बिष्ट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका दाइ नात पर्ने करिब ४५ वर्षीय कर्ण विष्टले शनिबार राती करिब साढे ९ बजेको समयमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।...
बैतडीमा लेनदेनको विषयमा विवाद, गाउँले दाजुको गोली प्रहारबाट भाइ गम्भीर घाइते

बैतडीमा लेनदेनको विषयमा विवाद, गाउँले दाजुको गोली प्रहारबाट भाइ गम्भीर घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा लेनदेनको विषयमा गाउँले दाजुभाइ विच विवादपछि गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । लेनदेनको विषयमा विवादपछि गोली चल्दा दोगडाकेदार गाउँपालिका-८ का २५ वर्षीय सुरेन्द्र बिष्ट गम्भीर घाइते भएका हुन् । सुरेन्द्रमाथि गाउँकै दाजु नाता पर्ने अन्दाजी ४५ वर्षका कर्ण बिष्टले शनिबार राती करिब साढे ९ बजेको समयमा गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट सुरेन्द्रको पेटमा गम्भीर चोट लागेको जिल्ला प्रहरी लार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । घाइते सुरेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ। गोली प्रहार गर्ने कर्ण फरार रहेका छन्। प्रहरीको टोली अझै घटनास्थल नपुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।...
बझाङमा श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव सुरु,, फागुन २२ सम्म चल्ने

बझाङमा श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव सुरु,, फागुन २२ सम्म चल्ने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
नरेश बिष्ट बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका १ मा ८ औं श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव २०८१ सुरु भएको छ । हाम्रो गौरव, हाम्रो पहिचान; कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ आजदेखि महोत्सव सुरु भएको हो । शुक्रबारदेखि सुरु हुने भनिएको महोत्सव लगातारको वर्षाका कारणले अवरुद्ध भएपछि आजबाट सुरु भएको आयोजकले जनाएको छ । सांस्कृतिक सम्पदा तथा कलाको संरक्षण तथा प्रवर्द्धन तथा स्थानीय संस्कृति उजागर गर्न महोत्सव आयोजना गरिएको महोत्सव समिति अध्यक्ष सुनिल नेपाली बताए । पहिलो दिन आज  स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिका साथै ब्रोड भिजन एकेडेमीका विद्यार्थीहरूले देशभक्ति गीतमा आफ्नो नृत्य देखाएका थिए । महोत्सवको दोस्रो दिन भोलिपल्ट लोकप्रिय गायिका सिम्रन परियार, गायक प्रकाश थापा, धन बहादुर भण्डारी तथा गजलकार पूर्ण मल्लको प्रस्तुत रह...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, कञ्चनपुरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, कञ्चनपुरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न

समाचार
कञ्चनपुर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको पाँचौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्दकेन्दृय सचिब तथा सुदुरपश्चिम इन्चार्ज सिद्द प्रसाद ढुंगानाले स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महासंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रमुख वक्ता नेकपा एमाले जिल्ला इन्चार्ज निरु पाल, विशिष्ट अतिथि नेकपा एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा लगायतका नेतागण, स्वास्थ्यकर्मी, पेसाकर्मी तथा निजामती कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले प्रिति धिर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमिति निम्नानुसार रहेका छन्: अध्यक्ष: प्रिति धिर ...
स्ववियु निर्वाचनमा ऐश्वर्य बहुमुखी क्याम्पसको सभापतिमा विष्टको उम्मेदवारी

स्ववियु निर्वाचनमा ऐश्वर्य बहुमुखी क्याम्पसको सभापतिमा विष्टको उम्मेदवारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा विकाश विष्टले आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आउँदो चैत ५ गते हुने त्रिवि मातहत रहेको कैलालीको धनगढीमा अवस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा बिष्टले आफ्नो उम्मेदवारी रहेकोे कामना टुडेसँग बताएका हुन् । बिगत लामो समय देखि विद्यार्थीका हक अधिकारको लागि लड्दै आएका विद्यार्थी नेता बिष्टले अखिल क्रान्तिकारीबाट स्ववियु सभापति पदमा उम्मेदवारी घोषण गरेका छन् । विष्टले निर्वाचन जिते दबाब र प्रभावमा नपरि सत्य र न्यायका पक्षमा उभिने बताए । उनलेे आफ्नो प्यानललाई विद्यार्थीले निर्वाचनमा अमुल्य मतदान गरि विजय गराए नेता बनेर होइन विद्यार्थीको असल साथी (सहजकर्ता) को भूमिका खेल्ने कामना टुडेसँग बताए । त्यस्तै विष्टले हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने हुँदा ऐश्वर्य बहुम...
AMC कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका नेता विकास बिष्टको उम्मेदवारी घोषणा

AMC कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका नेता विकास बिष्टको उम्मेदवारी घोषणा

समाचार
कैलाली – आउँदै गरेको चैत ५ गते हुने स्ववियु निर्वाचनमा कैलालीको प्रतिष्ठित AMC कलेजको स्ववियु सभापतिका लागि अखिल (क्रान्तिकारी)का नेता विकास बिष्टले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि विद्यार्थीका हकअधिकारका लागि संघर्षरत नेता बिष्टले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै कलेजको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यार्थीलाई आफ्नै भविष्यका लागि सही प्रतिनिधि चयन गर्न आग्रह गर्दै उनले “हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने विश्वास राख्छु” भने। बिष्टका अनुसार विद्यार्थी भनेको आफैँमा निर्णय लिन सक्ने सक्षम जनशक्ति हुन्। त्यसैले कलेजको हक, हित र दायित्वका लागि आफू सँधै अग्रसर रहने प्रतिबद्धता उनले जनाए। “विद्यार्थी र विद्यालय एकअर्काका परिपूरक हुन्। विद्यार्थीबिना विद्यालय र विद्यालयबिना विद्यार्थीको कल्पना गर्न सकिन्न, त्यसैले विद्यार्थीको...
सुर्मा गाउँपालिकाको एक विद्यालयमा हिउँदे वर्षाले ढुङ्गा खस्दा पर्‍यो ठूलो भ्वाङ

सुर्मा गाउँपालिकाको एक विद्यालयमा हिउँदे वर्षाले ढुङ्गा खस्दा पर्‍यो ठूलो भ्वाङ

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको सुर्मा गाउँपालिकाको एक विद्यालयमा हिउँदे वर्षाका कारणले पहिरो जाँदा भवनमा क्षति भएको छ । सुर्मा गाउँपालिका–२ को आधाबगर माध्यमिक  विद्यालयमा लगातारको वर्षाले माथि बाट ढुङ्गा खस्दा बिद्यालय भवनमा क्षती भएको हो । विद्यालयको पछाडी पट्टी रहेको चट्टान बाट ठुलो ढुङ्गा खस्दा एउटा कक्षा कोठामा ठुलो भ्वाङ परेको छ भने बिद्यालयको पुरै भवनमा धक्का लागेको स्थानीय पारस बोहराले जानकारी दिए । शुक्रबार लोसारको दिन बिद्यालय बन्द भएकोले मानवीय क्षती हुन बाट रोकिएको जोखिम निम्त्याएको छ।...
बझाङमा १४ वर्षीया बालिकामाथि करणी, २२ वर्षीय विवेक पक्राउ

बझाङमा १४ वर्षीया बालिकामाथि करणी, २२ वर्षीय विवेक पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा १४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । ती बालिकाले जबरजस्ती करणीको घटना बारे प्रहरीमा उजुरी दिएको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए।घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।...
क्रिकिट्या गाउँका नागरिक आधारभूत आवश्यकता स्वास्थ्य शिक्षाबाटै बन्चित

क्रिकिट्या गाउँका नागरिक आधारभूत आवश्यकता स्वास्थ्य शिक्षाबाटै बन्चित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- बझाङको उत्तरी भेगमा पर्ने एक गाउँका नागरिकले स्वास्थ्य सेवा र शिक्षाबाट बन्चित हुनुपरेको छ । जिल्लाको उत्तरी भेगमा अवस्थित तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिकले आधारभूत आवश्यकता स्वास्थ्य सेवा र शिक्षाबाट बन्चित हुनु परेको हो । १८ परिवार बसोबास गर्ने क्रिकिट्या गाउँका नागरिकका बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् । पालिकाको बिकट बस्तीका रुपमा रहेको क्रिकिट्या गाउँमा शिशु कक्षादेखि ३ कक्षासम्म अध्यायन गर्नका लागि गाउँमा नै विद्यालय रहेको भए पनि ३ कक्षा पास भएपछी भने बालबालिकालाई अध्यायन गर्न मुस्किल हुने गरेको स्थानीयले दुखेसो गरे । गाउँमा रहेको शैनकालिका आधारभूत विद्यालयमा अहिले ३० जना बालबालिका अध्यनरत छन् । तर बालबालिकालाई बस्नका लागि उचित ठाउँ नहुँदा स्थानीयको घर भाडामा लिएर लामो समयदेखि पढन पाठन हुँदै आएको स्थानीयको भनाइ छ । शैनकालिका आधारभू...
सुदूरपश्चिम प्रदेश सहित ४ प्रदेशमा वर्षा र हिमपात

सुदूरपश्चिम प्रदेश सहित ४ प्रदेशमा वर्षा र हिमपात

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- आज बिहानै सुदूरपश्चिम प्रदेश सहित ४ वटा प्रदेशमा मेघगर्जन/ चट्याङ सहित वर्षा र हिमपात भइरहेको छ । सुदूरपश्चिम, कर्णाली , गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा र हिमपात भइरहेको हो । शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना छ। शनिबार राति देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले ...
एमाले बित्थडचिरको नयाँ नेतृत्व चयन, अध्यक्ष पुनः बोहरा

एमाले बित्थडचिरको नयाँ नेतृत्व चयन, अध्यक्ष पुनः बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा नेपाल एमाले बित्थडचिर गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार देउलेखमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको नेकपा एमाले बित्थडचिरले जनाएको छ। दिपेन्द्र बोहराको अध्यक्षतामा ४३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । बोहरा सर्वसम्मत दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् । यस्तै उक्त अधिवेशनबाट उपाध्यक्षमा गणेशबहादुर रावल,सचिवमा जयबहादुर धामी चयन भएका छन, भने उप सचिवमा हेमाकुमारी बोहरा र मनिराम जोशीसहित ४३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । यसैगरी लेखा आयोग अध्यक्षमा योगेन्द्र बोहरा चयन भएका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज