Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, कञ्चनपुरको पाँचौं जिल्ला अधिवेशन सम्पन्न

Advertisement

कञ्चनपुर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको पाँचौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्दकेन्दृय सचिब तथा सुदुरपश्चिम इन्चार्ज सिद्द प्रसाद ढुंगानाले स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महासंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रमुख वक्ता नेकपा एमाले जिल्ला इन्चार्ज निरु पाल, विशिष्ट अतिथि नेकपा एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा लगायतका नेतागण, स्वास्थ्यकर्मी, पेसाकर्मी तथा निजामती कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनले प्रिति धिर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमिति निम्नानुसार रहेका छन्:

अध्यक्ष: प्रिति धिर भण्डारी

उपाध्यक्ष: मदन साउँद

महिला उपाध्यक्ष: निलम चन्द

सचिव: सुरेश कुमार दयाल

उप-सचिव: बिष्णु बहादुर खत्री

कोषाध्यक्ष: पुष्कर सिंह कठायत

सदस्यहरू:

१)  कृष्ण प्रसाद राना

2) हर्क बहादुर भण्डारी

3) रितु गैरे

4) तारा कठायत

5) चक्र बिष्ट

नवनिर्वाचित अध्यक्ष प्रिति धिर भण्डारीले स्वास्थ्यकर्मीहरूको हकअधिकार र पेशागत हित संरक्षण गर्दै महासंघलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि महासंघले जिम्मेवार भूमिका खेल्ने बताउँदै, सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज