धनगढी- बझाङको सुर्मा गाउँपालिकाको एक विद्यालयमा हिउँदे वर्षाका कारणले पहिरो जाँदा भवनमा क्षति भएको छ ।
सुर्मा गाउँपालिका–२ को आधाबगर माध्यमिक विद्यालयमा लगातारको वर्षाले माथि बाट ढुङ्गा खस्दा बिद्यालय भवनमा क्षती भएको हो ।
विद्यालयको पछाडी पट्टी रहेको चट्टान बाट ठुलो ढुङ्गा खस्दा एउटा कक्षा कोठामा ठुलो भ्वाङ परेको छ भने बिद्यालयको पुरै भवनमा धक्का लागेको स्थानीय पारस बोहराले जानकारी दिए ।
शुक्रबार लोसारको दिन बिद्यालय बन्द भएकोले मानवीय क्षती हुन बाट रोकिएको जोखिम निम्त्याएको छ।

