Advertisement

क्रिकिट्या गाउँका नागरिक आधारभूत आवश्यकता स्वास्थ्य शिक्षाबाटै बन्चित

Advertisement

धनगढी- बझाङको उत्तरी भेगमा पर्ने एक गाउँका नागरिकले स्वास्थ्य सेवा र शिक्षाबाट बन्चित हुनुपरेको छ ।
जिल्लाको उत्तरी भेगमा अवस्थित तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिकले आधारभूत आवश्यकता स्वास्थ्य सेवा र शिक्षाबाट बन्चित हुनु परेको हो ।

१८ परिवार बसोबास गर्ने क्रिकिट्या गाउँका नागरिकका बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।
पालिकाको बिकट बस्तीका रुपमा रहेको क्रिकिट्या गाउँमा शिशु कक्षादेखि ३ कक्षासम्म अध्यायन गर्नका लागि गाउँमा नै विद्यालय रहेको भए पनि ३ कक्षा पास भएपछी भने बालबालिकालाई अध्यायन गर्न मुस्किल हुने गरेको स्थानीयले दुखेसो गरे ।
गाउँमा रहेको शैनकालिका आधारभूत विद्यालयमा अहिले ३० जना बालबालिका अध्यनरत छन् । तर बालबालिकालाई बस्नका लागि उचित ठाउँ नहुँदा स्थानीयको घर भाडामा लिएर लामो समयदेखि पढन पाठन हुँदै आएको स्थानीयको भनाइ छ ।
शैनकालिका आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश बालिबालिका कक्षा ३ सम्म मात्रै अध्ययन गर्ने गरेका र पछि बिचमै पढाई छोड्नु पर्ने बाध्यता रहेको स्थानीय दिनेश बोहराले बताए ।
उनले भने, ‘‘यस गाउँबाट अर्को विद्यालयसम्म पुग्नका लागि ३ घण्टा पैदल यात्रा गर्नुपर्छ । फेरी बाटो जङ्गलको भएका कारण बालबालिकाहरुलाई एक्लै पठाउन जस्तो पनि हुदैन । जङ्गलको बाटोमा बाघ भालु तथा अन्य जङ्गली जनावरको समेत डर हुने भएका कारण गाउँकै विद्यालयमा आफ्ना छोराछोरीलाई ३ कक्षासम्म मात्रै अध्यायन गराउने गरेका छौं । माथिल्लो कक्षा धेरै जस्तो बालबालिकाले अध्यायन गर्न पाएका छैनन् ।’’
उनका अनुसार गाउँका केही स्थानीय बासिन्दाहरु वडा नम्बर ३ को अमर निमाविमा पठाउने गरेका छन् । उनीहरु घर नआएर उतै आफन्तकोमै बसेर पढाउने गरेको समेत बोहराको भनाइ छ  । तर आयस्रोत नभएका परिवारहरुले भने गाउँकै विद्यालयमा ३ कक्षासम्म पढाउने र त्यसपछि बालबालिकाहरुलाई विद्यालय नपठाउने गरेको समेत बुझिएको छ ।

गाउँमै रहेको शैनकालिका आधारभूत विद्यालय नाम मात्रैको रहेको त्यहाँका स्थानीयको भनाइ छ । ३० जना अध्ययनरत यस विद्यालयमा सामान्य साईनबोर्ड समेत छैन । गाउँकै व्यक्तिको घर भाडामा लिएर विद्यालय सञ्चालनमा रहेको छ । यस विद्यालयमा दुई जना शिक्षक रहेका छन् ।
विद्यार्थीका लागि ताक्लकोट सडकखण्ड निर्माण गर्ने क्रममा स्काइभेटर लगाएर सामान्य खेल मैदान निर्माण गरिएको भएपनि बालबालिकालाई खेल्न उचित मैदान समेत नभएको अविभावको भनाइ छ ।
ढुङ्गा नै ढुङ्गा रहेको यस विद्यालमा अध्ययनरत बालबालिकाहरुका लागि दुई कोठे टिनको टहरा पालिकाको पहलमा निर्माण गरिएको छ ।
त्यस्तै, शिक्षकको तलब समेत गाउँलेहरुले चन्दा सङ्कलन गरेर दिनुपरेको छ । मासिक दश हजार दिने गरी शिक्षकले बालबालिकालाई अध्यापन गराउने र उक्त शिक्षकको तलब विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अविभावले चन्दा सङ्कलन गरी दिनुपरेको दुखेसो स्थानीय सुर्ति बोहराले बताए ।
यता तलकोट गाउँपालिकाका शिक्षा अधिकृत हरिन्द्र उपाध्यायले गाउँमा स–साना बालबालिकाहरुका लागि पालिकाले बाल कक्षाको अनुमति गत वगर्ष मात्रै दिएको बताए । उनले गत वर्ष डेढ लाख बजेट विनियोजन गरी टिनकको टहरा निर्माण गरेर अध्यापन गराउन पालिकाले निर्णय गरेको समेत जानकारी दिए ।

त्यस्तै क्रिकिट्या गाउँमा स्वास्थ्य सेवाको पनि ठूलो समस्या रहेको छ । उक्त गाउँमा अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल बिरामी हुँदासम्म पनि गाउँमा कोहि बिरामी भयो की जटिबुटीको खोजी सुरु हुन्छ ।
गाउँमा नत स्वास्थ्य चौकी छ,,नत स्वास्थ्यकर्मी छन् । स्वास्थ्य उचारका लागि मान्छे बिरामी भयो की स्वास्थ्य चौकी भन्दा पनि जङ्गलमा जडीबुटी खोज्न जानु पर्ने गाउँवासीको रहर होइन बाध्यता हो ।
ज्वरो, पखाला, रुघाखोकी, आँउ आदी लागेको खण्डमा वन जङ्गलमा पाइने, लालीगुँरासको फुल, गनाल्दो, कटुकी, टिमुर पानी आदी खाएर उपचार गर्नुपर्ने अवस्था गाउँको रहेको स्थानीय बताए ।
घर परिवारमा कोहि बिरामी भएमा जडीबुटी गरेर नै ठिक पार्नु पर्छ । यदी स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै ४ घण्टाको जङ्गलको बाटो भएर वडा नम्बर ३ कै अर्को गाउँ रूपातोला सम्म पुग्नु पर्छ । गाउँमा एउटा स्टेचर सम्म पनी छैन । गाउँलेहरुले बिरामीलाई डोको काटेर पिठ्ठीउमा बोकेर नै स्वास्थ्य चौकीसम्म बोकेर लिनु पर्छ ।
पाँच वर्षअघि २०७६ सालमा तलकोट गाउँपालिकाको पहलमा एउटा सामान्य प्राथमिक स्वास्थ्य उपचार दिनका लागि टिनको टहरा निर्माण गरी क्रिकिट्या स्वास्थ्य क्लिनिक स्थापना गरी उक्त क्लिनिकमा स्वास्थ्यका सामाग्रीहरू समेत उपलब्ध गराएको थियो । तर स्वास्थ्यकर्मी नभएकै कारण उक्त औषधी तथा उपकरण पनी सडेर खेर गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । गाउँलेहरूले हरेक महिनाको १८ गते स्वास्थ्यकर्मी गाउँमा आएर गाउँलेहरूको रेखदेख तथा औषधी उपचार सम्म गर्ने भन्ने निर्णय समेत गरेको थिए । तर उक्त कार्य गर्नु र नगर्नुको अर्थ नै भएन । बिरामी कती बेला हुन्छन् रु पत्तो हुँदैन । महिनाको १८ गते स्वास्थ्यकर्मी आए नआएको अर्थ नै नहुने त्यहाँका स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज