कैलाली – आउँदै गरेको चैत ५ गते हुने स्ववियु निर्वाचनमा कैलालीको प्रतिष्ठित AMC कलेजको स्ववियु सभापतिका लागि अखिल (क्रान्तिकारी)का नेता विकास बिष्टले उम्मेदवारी घोषणा गरेका छन्।
बिगत लामो समयदेखि विद्यार्थीका हकअधिकारका लागि संघर्षरत नेता बिष्टले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै कलेजको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यार्थीलाई आफ्नै भविष्यका लागि सही प्रतिनिधि चयन गर्न आग्रह गर्दै उनले “हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने विश्वास राख्छु” भने।
बिष्टका अनुसार विद्यार्थी भनेको आफैँमा निर्णय लिन सक्ने सक्षम जनशक्ति हुन्। त्यसैले कलेजको हक, हित र दायित्वका लागि आफू सँधै अग्रसर रहने प्रतिबद्धता उनले जनाए। “विद्यार्थी र विद्यालय एकअर्काका परिपूरक हुन्। विद्यार्थीबिना विद्यालय र विद्यालयबिना विद्यार्थीको कल्पना गर्न सकिन्न, त्यसैले विद्यार्थीको अधिकारको रक्षा गर्न मेरो उम्मेदवारी हो” उनले भने।
बिष्ट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला नेतासमेत हुन्। उनले सबै विद्यार्थीलाई मतदान गरेर सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

