धनगढी- बझाङमा नेपाल एमाले बित्थडचिर गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार देउलेखमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको नेकपा एमाले बित्थडचिरले जनाएको छ।
दिपेन्द्र बोहराको अध्यक्षतामा ४३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।
बोहरा सर्वसम्मत दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उक्त अधिवेशनबाट उपाध्यक्षमा गणेशबहादुर रावल,सचिवमा जयबहादुर धामी चयन भएका छन, भने उप सचिवमा हेमाकुमारी बोहरा र मनिराम जोशीसहित ४३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
यसैगरी लेखा आयोग अध्यक्षमा योगेन्द्र बोहरा चयन भएका छन् ।

