Advertisement

Day: २०८० मंसिर २२, शुक्रबार २१:३१

वरिष्ठ सर्जन डाक्टर सि पि पाण्डेय सम्मानित 

समाचार
धनगढी - डाक्टर चन्द्रप्रकाश पाण्डेय (सिपि) सम्मानित भएका छन् । धनगढीमा रहेको सीपी हस्पिटलका सञ्चालकसमेत रहेका पाण्डेय आज सुदूरपश्चिम महोत्सवमा सम्मानित भएका हुन् । 'समृद्धि सुदूरपश्चिमको लागि, आर्थिक समृद्धि' भन्ने नाराका साथ धनगढीमा आजबाट सुरु भएको 'सुदूरपश्चिम महोत्सव २०८०' को उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज धनगढी आएका थिए । डाक्टर पाण्डेयलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय  योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान-पत्र प्रदान गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले बताए । डाक्टर पाण्डे गोल्ड मेडलिस्ट वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन हुन् ।...
बझाङमा विद्यालय हिँडेका दुई बालक सम्पर्क विहिन

बझाङमा विद्यालय हिँडेका दुई बालक सम्पर्क विहिन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङका दुई बालक बेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ रजाडा बस्ने शिवहरी बोहोराका १२ वर्षिय छोरा रविन्द्र बोहोरा र सोहि गाउँपालिकाको वडा नम्बर ९ कुलिबान बस्ने मिन बहादुर बोहोराका १४ वर्षिय दिपेन्द्र बोहोरा विहिबार विहानबाट बेपत्ता भएका हुन् । हिजो विहिबार बिहान विद्यालय जान्छु भनेर घरबाट हिडेका दुवैजना अहिलेसम्म घर नफर्किएको र खोजखबर गर्दा कतै फेला नपरेको बालकका अभिभावक शिवहरी बोहोराले जानकारी दिनुभयो । कैलाश माविमा रविन्द्र कक्षा ७ र  दिपेन्द्र कक्षा ८ मा अध्ययारत रहेका थिए । अहिले प्रहरी कहाँ निवेदा दिइसकेको अभिभावकको भनाइ छ । बालकहरुलाई कसैले कतै देखे ९८४६९८६३२० र ९८४०६२६४७० तथा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।...

एनएसएलमा झापा र वीरगञ्ज बराबरीमा रोकिए

समाचार
कैलाली - नेपाल सुपर लिग एनएसएलको शुक्रबार भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुबै पक्षले गोलका केही अवसर पाए पनि गोल गर्न सकेनन् । चार खेल खेलिसक्दा दुबै टोली अझै जितविहीन छन् । तीन खेल बराबरी खेलेको झापा ३ अंकसहित आठौं स्थानमा छ । त्यस्तै दुई खेल हारेको र दुई खेल बराबरी गरेको वीरगञ्ज २ अंकसहित अन्तिम स्थानमा छ ।...

एलपीएल : युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

समाचार
धनगढी - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रवार सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गरेको हो। समुह ‘ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। जितसँगै युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गरेको छ। युथ अफ टीकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सकेको हो। युथ अफ टीकापुरका गौतम केसी बलिंगमा प्लेयर अफ द म्याच घोषित भए। यसअघि टस जितेर ब्याटिंग गरेको यु...

लैङ्गिक हिंसाविरुद्ध  १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न 

समाचार
धनगढी - बझाङको बित्थडचिरमा लैङ्गिक हिंसाविरुद्ध  १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को आयोजनामा शुक्रबार सुनकुडा माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा  विद्यालयको प्राङ्गणमा र्‍याली निकालिएको हो ।   उक्त र्‍यालीमा हजारौं विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।  र्‍यालीमा विभिन्न किसिमका नारा प्लेकार्ड, ब्यानरसहित बजार परिक्रमा गरेर विद्यालयमा अनौपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रम बित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष, हरिश्चन्द्र जोशीको अध्यक्षता र जिल्ला अदालतका न्यायाधीश, नन्दकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला अदालतका श्रेशदार, सुनकुडा ...

रोजगारीका लागि बेलायत जान ४५ नर्स छनोट

समाचार
कैलाली - बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् ।  ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् । हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो ।  सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो ।  जसमा ७७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । छनो...

एसीसीको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

समाचार
कैलाली  – एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।  प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् । नेपालले दोस्रो खेल पर्सी आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।...

सुदूरपश्चिम महोत्सव आजदेखि [फोटोफिचर]

समाचार
धनगढी – सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण आजदिखि सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने भएको हो ।  महोत्सवमा १० करोड बराबरको कारोबार हुने र ५ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको संघले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।...

बैतडीमा एक महिला जंगलमा मृत फेला

समाचार
कैलाली - गत असोजमा बेपत्ता भएकी बैतडीको सुर्नया गाउँपालिकाकी कल्पना महराको शव भेटिएको छ। सुर्नया गाउँपालिका ८ घर भएकी २० वर्षीया महराको शव सोही वडाको कैलपाल सामुदायिक वनभित्र फेला परेको हो। असोज २५ गते घरबाट गोठालो गएकी कल्पनाको स्थानीय तथा प्रहरीले खोजी गरिरहेका थिए। कल्पना रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

विपिन जोशीका अभिभावकले भेटे प्रधानमन्त्री प्रचण्डलाई 

समाचार
धनगढी - इजरायल-हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्‍यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’ जोशीको परिवारसँग प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउद शनिबार कतार जान लागेको जानकारी गराएका छन् । हमासले इजरायलमा आक्रमण गरेकै दिनदेखि बेपत्ता भएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । इजरायल सरकारले जोशी हमासको न...

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड 

समाचार
धनगढी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन्।  सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्। उनी अहिले विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन गएका छन्।  त्यसपछि उनको धनगढी-१ मा सुदूरपश्चिम महोत्सव उद्घाटनको कार्यक्रम रहेको छ।...
राष्ट्रिय युवा संघ सुदूरपश्चिम इन्चार्ज बने मल्ल, सह-इन्चार्जमा शाह र शाही

राष्ट्रिय युवा संघ सुदूरपश्चिम इन्चार्ज बने मल्ल, सह-इन्चार्जमा शाह र शाही

समाचार
धनगढी: नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह-इन्चार्ज तोकेको छ। आज (बिहीबार) विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकिएको हो। जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह-इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्। सुदूरपश्चिममा युवाहरू माझ निकै लोकप्रिय रहेका शाह पार्टी जिल्ला कमिटी सदस्य पनि हुन्।  शाह सामाजिक सेवा मार्फत पनि चर्चामा छन्। शाहले कोरोना कहरमा पनि सुदूरपश्चिम फाउन्डेसनमार्फत सेवा प्रदान गरेका थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज