
धनगढी – डाक्टर चन्द्रप्रकाश पाण्डेय (सिपि) सम्मानित भएका छन् ।
धनगढीमा रहेको सीपी हस्पिटलका सञ्चालकसमेत रहेका पाण्डेय आज सुदूरपश्चिम महोत्सवमा सम्मानित भएका हुन् ।

‘समृद्धि सुदूरपश्चिमको लागि, आर्थिक समृद्धि’ भन्ने नाराका साथ धनगढीमा आजबाट सुरु भएको ‘सुदूरपश्चिम महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आएका थिए ।
डाक्टर पाण्डेयलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान-पत्र प्रदान गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले बताए ।
डाक्टर पाण्डे गोल्ड मेडलिस्ट वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन हुन् ।


