
धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन्।
सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्।
उनी अहिले विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन गएका छन्।
त्यसपछि उनको धनगढी-१ मा सुदूरपश्चिम महोत्सव उद्घाटनको कार्यक्रम रहेको छ।

