बझाङ : बझाङका दुई बालक बेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ रजाडा बस्ने शिवहरी बोहोराका १२ वर्षिय छोरा रविन्द्र बोहोरा र सोहि गाउँपालिकाको वडा नम्बर ९ कुलिबान बस्ने मिन बहादुर बोहोराका १४ वर्षिय दिपेन्द्र बोहोरा विहिबार विहानबाट बेपत्ता भएका हुन् ।
हिजो विहिबार बिहान विद्यालय जान्छु भनेर घरबाट हिडेका दुवैजना अहिलेसम्म घर नफर्किएको र खोजखबर गर्दा कतै फेला नपरेको बालकका अभिभावक शिवहरी बोहोराले जानकारी दिनुभयो । कैलाश माविमा रविन्द्र कक्षा ७ र दिपेन्द्र कक्षा ८ मा अध्ययारत रहेका थिए ।
अहिले प्रहरी कहाँ निवेदा दिइसकेको अभिभावकको भनाइ छ । बालकहरुलाई कसैले कतै देखे ९८४६९८६३२० र ९८४०६२६४७० तथा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।