समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार
नेकपा एकीकृत समाजवादी निकट प्रत्रकारहरुको छाता संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री निर्वाचित भएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा कमल वुढा , महिला उपाध्यक्षमा राधिकाकुमारी बराल, सचिवमा शिवलाल डाँगी , कोषाध्यक्षमा कृष्णबहादुर सुनार र सहसचिव प्रेम वली निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा बशन्त बागचन , नन्दराम जैसी , आनन्दसिंह बोहोरा , विनोद लम्साल , दान खत्री, करिष्मा गिरी, पुष्पराज वली , कुसुम रोकाय र कमला मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सङ्ठनका केन्दीय अध्यक्ष वि...

