बाजुरा – बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।
जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माएकी हुन् ।
योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उनले बाटोमा छोरी जन्माएको वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताइन् ।
चँदाराका अनुसार उनले स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताएकी छन् ।
पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ ।
बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकी गाउँदेखि टाढा भएपछि स्थानीय महिलालाई समस्या भएको छ । -गोरखापत्रबाट
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३