
धनगढी – बझाङको केदारस्युँ गाँउपालिकाले स्काभेटर खरिद गरेको छ ।
गाउँपालिकाले खरिद गरेको स्काभेटर मंगलवार पालिकाको कार्यालय देउरा पुर्याईएको छ ।
उक्त स्काभेटर दोशान कम्पनीबाट एक करोड ३४ लाख ४५ हजार रुपैयाँ लागतमा खरिद गरी पालिकामा पुर्याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए ।
पालिकाको आफ्नै स्काभेटर भयपछि विकास निर्माणका काममा सहज हुने गाउँपालिका अध्यक्ष गणेश बोहोराले बताएका छन् ।