Advertisement
Tuesday, June 17

विद्यालय नआएको भन्दै शिक्षकले घरमै गएर विद्यार्थी कुटेपछि…

Advertisement

कैलाली – पश्चिम नवलपरासीमा एक विद्यालयका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेका छन्।

जिल्लाको सरावल गाउँपालिका–७ मा रहेको बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई शिक्षक निरञ्जन यादवले बालिकालाई कुटपिट गरेका हुन्।

कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालय नआएको भन्दै घरमै गएर कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जलाले बताइन्।

यादवले लठ्ठीले पिट्दा बालिकाको शरीरभर निलडाम बसेको छ। घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए।

शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न स्थानीय अभिभावकले माग गरेका छन्।

सोही विषयमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए। तर, कुटपिट गर्ने शिक्षक भने फरार छन्।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनसम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ। तलको...
बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स सहयोग पाएका छन् । पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल ...
तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

उत्तमकुमार थापा बझाङ, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको विकट भनेर चिनिँदै आएको तलकोट गाउँपालिका पछिल्लो समय ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज