एनएसएलमा आज पाेखरा र इलाम खेल्दै
कैलाली – नेपाल सुपर लिग (एनएसएल) मा आज बुधवार पाेखरा थन्डर्स र स्पाेर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ ।
पाेखराले अहिलेसम्म ३ खेल खेलेकाेमा १ जित र २ बराबरीसहित ५ अङ्क जाेडेकाे छ । पाेखरा तालिकाकाे तेस्राे स्थानमा छ ।
इलाम समान खेलमा १ जित र २ हारसहित ३ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ । आजकाे खेल जितेमा पाेखरालाई शीर्ष स्थानमा उक्लिने माैका छ ।
यही मङ्सिर ८ गतेदेखि शुरु भएकाे दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ ।...

