
धनगढी – महिला तथा बालबालिका सेभ हाउसले अत्तरियाबाट उद्दार गरिएका दुई बालकलाई आफन्तको जिम्मा लगाएको छ ।
कैलालीको अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा भेटिएका बर्दीयाको राजापुर नगरपालिका-५ का ६ वर्षीय आयुष थारु र ४ वर्षीय आरयास थारुलाई अत्तरियामा रहेको सेभ हाउसले हिजो (मंगलवार) आफन्तको जिम्मा लगाएको हो ।
शनिवार राति अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा फेला पारि उद्दार गरेर दुवै बालकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा इलाका प्रहरी कार्यालय मालाखेतीले पुर्याएको डिएसपी गणेश बरालले बताए ।
राजापुर नगरपालिका-५ का कार्यबाहक अध्यक्ष सरिता परियार, नगरपालिकाकी महिला विकास निरीक्षक रिता थारु र बालककी हजुरआमा बाधी थरुनी नगरपालिकाकै गाडिमा आएर महिला तथा बालबालिका सेभ हाउसबाट बालकहरुलाई लिएर गएका हुन् ।