Advertisement

बझाङकी ‘भुटी दिदी’लाई ७३ वर्षमा नागरिकता

Advertisement

बझाङ – बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी ।

हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै दिन बिते । २००८ सालमा जन्मेएकी भुटी दिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने ।

त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष  । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले बिहे गर्नेसमेत समय पाइन्न ।

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्याे । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटी दिदी भतिज टेक गुरुङको घरमा बस्छिन् ।

गाउँमा तीन पुस्ताले नै उनलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन् । धामी, बोहरा, गुरुङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोबास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी हुन् ।

भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा/भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेको गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए ।

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन् । तर, भुटी दिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेकी छन् । अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ । उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटी दिदी केही वर्षयता भने घरमै थन्किएकी छन् ।

साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहराले भने, “भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन् । घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई बिहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो ।” बुढेसकालमा भने बिहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए ।

भतिज टेकको संरक्षणमा रहेकी भुटी दिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई बिहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए । उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताको आवश्यकताबारे पनि कसैलाई थाहा थिएन ।

विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए । “उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन । पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए,” उनले भने ।

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । “अहिलेको जस्तो सञ्चार थिएन । त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन । नागरिकता दिने टोली गाउँमा आयो । गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए ।

टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्नुहुन्छ”,उनले भने, “त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि ! अहिले त वृद्धभत्ता पनि पाइन्छ ।  नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो ।” 

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार/पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताए । 

प्रमुख जिल्ला अधिकारीले भने, “सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौँ ।” -रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्...
आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयल...
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक ...
स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

काठमाडौं- उत्कृष्ट लयमा रहेको स्पेनले पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित ...
बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

बैतडी- बैतडीमा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरिएको छ। यातायात व्यवसायीले विभिन्न बहाना देखाउँदै...
सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

काठमाडौं- सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना नदिने सरकारको निर्णय बदर गरिदिएको छ।...
बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीलाई तत्काल नहटाउने तथा उनीहरूको सेवालाई निरन्तरता दिने निर्णय गरेको छ।...
कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। साेमबार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज