Advertisement
Sunday, July 13

बझाङकी ‘भुटी दिदी’लाई ७३ वर्षमा नागरिकता

Advertisement

बझाङ – बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी ।

हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै दिन बिते । २००८ सालमा जन्मेएकी भुटी दिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने ।

त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष  । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले बिहे गर्नेसमेत समय पाइन्न ।

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्याे । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटी दिदी भतिज टेक गुरुङको घरमा बस्छिन् ।

गाउँमा तीन पुस्ताले नै उनलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन् । धामी, बोहरा, गुरुङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोबास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी हुन् ।

भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा/भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेको गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए ।

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन् । तर, भुटी दिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेकी छन् । अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ । उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटी दिदी केही वर्षयता भने घरमै थन्किएकी छन् ।

साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहराले भने, “भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन् । घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई बिहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो ।” बुढेसकालमा भने बिहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए ।

भतिज टेकको संरक्षणमा रहेकी भुटी दिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई बिहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए । उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताको आवश्यकताबारे पनि कसैलाई थाहा थिएन ।

विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए । “उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन । पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए,” उनले भने ।

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । “अहिलेको जस्तो सञ्चार थिएन । त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन । नागरिकता दिने टोली गाउँमा आयो । गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए ।

टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्नुहुन्छ”,उनले भने, “त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि ! अहिले त वृद्धभत्ता पनि पाइन्छ ।  नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो ।” 

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार/पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताए । 

प्रमुख जिल्ला अधिकारीले भने, “सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौँ ।” -रासस

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज