वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्।
डा पौडेलले मन्त्रालयको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै 'मन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको' लेखेका छन्।
डा पौडेलले दुई वर्षको अवधि तोकी नियुक्ति पाएको आफूलाई राजनीतिक अस्थाका आधारमा निर्देशकबाट हटाइएको र हाडजोर्नी विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानिएको विषय पनि लेखेका छन्।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाज्ञ अक्षम भनेर तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएको विषय लेख्दै मन्त्रालयको निर्णयको विरोध गरेका हुन्।
यस्तो छ डा सन्तोषले फेसबुकमा लेखेको विवरणअधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट ...


