कैलाली – नेपाल सुपर लिग (एनएसएल) मा धनगढीले जित हासिल गरेको छ ।
बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनिलाई १–० ले पराजित गरेको हो ।
धनगढीको जितमा ओलावाले आफिजले इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।
धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् ।
एनएसएलमा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ । खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालमा सुरु हुनेछ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३