Advertisement

हाम्रो बारेमा

भारतमा आगलागीबाट कञ्चनपुरका पाँच जना गम्भीर घाइते

समाचार
धनगढी - भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।  कञ्चनपुरको बेलौरी नगरपालिका –१ हीरापुर ठेगाना भएका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते भएका हुन् । घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय सचिवालय सदस्य तिलकराज कँडेलले राति एउटै कोठामा सुतेका तिरुवा परिवार आगलागीमा परी घाइते हुनपुगेको जानकारी दिए । २८ वर्षीय सन्देश तिरुवा, उनकी श्रीमती २६ वर्षीया निकला, छोराछोरी तीन वर्षका रोहन, सात वर्षका रोशन र १५ वर्षका रोशनी तिरुवा जलेर घाइते भएको जनाउँदै उनीहरुको उपचारमा आर्थिक समस्या भएको कँडेलले बताए । केही वर्षदेखि परिवारसहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेको उन...

कैलाली प्रशासनद्वारा तीन प्रहरी सम्मानित 

समाचार
धनगढी - जिल्ला प्रशासन कार्यालय कैलालीले तीन जना प्रहरीलाई सम्मान गरेको छ। अनुचित लेनदेन(मिटर ब्याज) पीडितहरूलाई सहजीकरण र समन्वय गरेको भन्दै तीन जना प्रहरीलाई सम्मान गरेको हो।  जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको अनुचित लेनदेन सम्बन्धि सहायता कक्षमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कटेले प्रदान गरेको सम्मान पत्रमा अनुचित लेनदेन पीडितको मुद्दामा सहजीकरण र समन्वय गरि इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहोरात्र खटिएर काम गरेकाले कदर पत्रसहित सम्मान गरिएको उल्लेख छ।...
फर्मासिस्टमाथी हुने श्रम श्रोषण रोक्न नेपाल फर्मास्यूटिकल एसोसिएसनको आग्रह !

फर्मासिस्टमाथी हुने श्रम श्रोषण रोक्न नेपाल फर्मास्यूटिकल एसोसिएसनको आग्रह !

समाचार
काठमाडौं: नेपाल फर्मास्यूटिकल एसोसिएसनले फार्मेसी कलेज, औषधि उद्योग तथा फार्मेसीहरुमा हुने श्रम श्रोषण रोक्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।    आज एक विज्ञप्ति जारी गर्दै फर्मासिस्ट र सहायक फर्मासिस्टहरुमाथी हुने गरेको श्रम श्रोषण आपत्तिजनक रहेको उल्लेख गरेको छ ।    फार्मेसी कलेज, औषधि उद्योग तथा फार्मेसीहरूमा कार्यरत फार्मासिस्ट तथा सहायक फार्मासिस्टहरूको पारिश्रमिक समयमा नदिने, पाउनुपर्ने सेवा सुविधा नदिने, सेवा अवधि समाप्त भएको धेरै समयसम्म पनि बाँकी रकम भुक्तानी नगर्ने, परिषद् नाम दर्ता प्रमाणपत्र समेत फुकुवा नगरेका उजुरी एसोसिएसनमा परेको समेत विज्ञप्तिमा उल्लेख छ । एसोसियसनले यस्ता गतिविधि नरोकिए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।...

कञ्चनपुर र कैलालीमा पूर्व–पश्चिम राजमार्ग मर्मत गरिँदै 

समाचार
धनगढी - कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम शुरु गरिएको छ ।  सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत् काम अगाडि बढेको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी काम अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताए ।  राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए ।  सडक मर्मत तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको र यही पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ ।...

रुसी सेनामा कार्यरत थप १ नेपालीकाे ज्यान गयाे

समाचार
कैलाली – रुसी सेनामा कार्यरत थप एक नेपालीकाे ज्यान गएकाे छ ।  परराष्ट्र मन्त्रालयले आज बुधवार प्रेस विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलकाे ज्यान गएकाे जानकारी दिएकाे हाे । यस्तै युक्रेनमा बन्धक भएका बर्दियाकाे राजापुर–१ का विवेक खत्री, काभ्रेकाे मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, माेरङकाे लेटाङ–६ का विकास राई र राेल्पाकाे रुन्टिगढी–८ का प्रतीक पुनकाे शीघ्र रिहाई गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कुटनीतिक माध्यमबाट अनुरोध गरेकाे मन्त्रालयले जनाएकाे छ । नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिककाे शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन: अनुरोध गरेकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।  त्यसैगरी नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल ...

ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु

समाचार
कैलाली - दाङमा ट्याक्टरबाट खस्दा एक किशोरीको मृत्यु भएको छ ।  ट्याक्टरमा सवार घोराही उपमहानगरपालिका –१८ प्रगतिटोल निवासी १७ बर्षीया माया घर्तीमगरको मृत्यु भएको हो ।  ट्याक्टरबाट खस्दा घाइते भएकी मायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो ।  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।  उनका अनुसार मंगलबार दिउँसो घोराही –१८ रानीजरुवाबाट घोराहीतर्फ जाँदैगरेको रा १ त १६५५ नम्बरको ट्याक्टरबाट खस्दा घर्तीको मृत्यु भएको हो । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेका रहेका छन् । फरार ट्याक्टर चालकको खाजी भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।  ...

डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
धनगढी - डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । जिल्लाको भागेश्वरबाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जिप आईत बजार नजिक दुर्घटना भएको थियो ।...

युएईबाट नेपाल आएको जहाजको शौचालयमा नवजात शिशु फेला

समाचार
कैलाली - एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो ।  “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने ।...

पूर्वमन्त्री न्यौपानेको निधन

समाचार
कैलाली -  नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।  कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मिर्गौला रोगपीडित रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए । उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो ।  दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए ।  वि.सं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएक...

नेपाल सुपर लिगमा आज धनगढी र झापा खेल्दै

समाचार
कैलाली – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दैछन् ।  यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।  नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ । आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ ।...
नेपाल औषधि लिमिटेडले एन्टीबायोटिक सहित २० प्रकारका औषधि उत्पादन गर्दै !

नेपाल औषधि लिमिटेडले एन्टीबायोटिक सहित २० प्रकारका औषधि उत्पादन गर्दै !

समाचार
नेपाल औषधि लिमिटेडले यसै आर्थिक वर्षदेखि एन्टीबायोटिकसहित २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ ।  प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहाकार दिपेन्द्र खड्काले २० प्रकारको औषधि उत्पादनका लागि अर्थ मन्त्रालय मार्फत कम्पनीलाई चौबीस करोड अठहत्तर लाख बाह्र हजार तीन सय रुपैंया निकासा गरिएको जानकारी दिनुभयो । यसै महिनादेखि २० प्रकारका औषधि उत्पादनको तयारी भएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो फेजमा लिमिटेडले एजिथ्रोमाइसिन ५०० /२५० एमजी, मेट्रोनिडाजोल ४०० /२०० एमजी, मेट्रोनिडाजोल डीएफ ट्याब्लेट, अल्बेन्डाजोल ४०० एमजी, सिप्रोफ्लोक्सासिन ४०० /२५० एजमी, आइरन र फोलिक एसिड, फोलिक एसिड ५ एमजी ट्याब्लेट उत्पादन गरिनेछ ।  यी ट्याब्लेट मासिक ९५ हजार ट्याब्लेट उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै दोस्रो फेजमा प्रोभीडीन आयोडिन ५, प्रोभीडीन आयोडिन १०, पान्टाप्रोजोल ...
ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

कैलाली, समाचार, सुदूरपश्चिम
कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगत पर्ने कान्द्रा नदीमा नदीजन्य पदार्थको उत्खन्नले बस्तीहरु जोखीमा पर्ने भएका छन् । बाताबरणीय प्रभाव मुल्यांकन नगरिएका स्थानहरुबाट सेटीगंमा गीटी बालुवाहरुको ओसारपसार भएपछि बस्तीहरु जोखीममा परेको स्थानीयहले बताएका छन् । सवडिभिजन बन कार्यालयका प्रमुख भरत शाह, जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेमेतोमा सेटीगं मिलाएर धमाधम नदीजन्य पदार्थ उत्खन्न भईरहेको छ ।बाताबरणीय प्रभाव मुुल्यांकन गरेर ठेक्का लगाएको नगरपालिको तोकेको भन्दा माथि बाट ठेकेदार कम्पनीले उत्खन्न गरीरहको स्थानीयहरुले बताएका छन् । उक्त उत्खनन् र ओसारपसारले गौरीगंगाका बनखेत, रजीया, भगवानपुर, संकरपुर, साझा बजार, ऐठापुर । पालिकाको ७,८,९, १० र ११ लगाएतका वडाका बस्तीहरु जोखीममा परेको स्थानीय नैनसिंह बुढामगरले बताए । ठेक्का पाएको निर्माण कम्पनीले नगरपालिका भित्र पर्ने कान्द्रा, शिवगंगा, अण्डै...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज