
धनगढी – कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम शुरु गरिएको छ ।
सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत् काम अगाडि बढेको हो ।
राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी काम अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताए ।
राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए ।
सडक मर्मत तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको र यही पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ ।