काठमाडौं: नेपाल फर्मास्यूटिकल एसोसिएसनले फार्मेसी कलेज, औषधि उद्योग तथा फार्मेसीहरुमा हुने श्रम श्रोषण रोक्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै फर्मासिस्ट र सहायक फर्मासिस्टहरुमाथी हुने गरेको श्रम श्रोषण आपत्तिजनक रहेको उल्लेख गरेको छ ।
फार्मेसी कलेज, औषधि उद्योग तथा फार्मेसीहरूमा कार्यरत फार्मासिस्ट तथा सहायक फार्मासिस्टहरूको पारिश्रमिक समयमा नदिने, पाउनुपर्ने सेवा सुविधा नदिने, सेवा अवधि समाप्त भएको धेरै समयसम्म पनि बाँकी रकम भुक्तानी नगर्ने, परिषद् नाम दर्ता प्रमाणपत्र समेत फुकुवा नगरेका उजुरी एसोसिएसनमा परेको समेत विज्ञप्तिमा उल्लेख छ ।
एसोसियसनले यस्ता गतिविधि नरोकिए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३