कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगत पर्ने कान्द्रा नदीमा नदीजन्य पदार्थको उत्खन्नले बस्तीहरु जोखीमा पर्ने भएका छन् । बाताबरणीय प्रभाव मुल्यांकन नगरिएका स्थानहरुबाट सेटीगंमा गीटी बालुवाहरुको ओसारपसार भएपछि बस्तीहरु जोखीममा परेको स्थानीयहले बताएका छन् ।

सवडिभिजन बन कार्यालयका प्रमुख भरत शाह, जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेमेतोमा सेटीगं मिलाएर धमाधम नदीजन्य पदार्थ उत्खन्न भईरहेको छ ।
बाताबरणीय प्रभाव मुुल्यांकन गरेर ठेक्का लगाएको नगरपालिको तोकेको भन्दा माथि बाट ठेकेदार कम्पनीले उत्खन्न गरीरहको स्थानीयहरुले बताएका छन् । उक्त उत्खनन् र ओसारपसारले गौरीगंगाका बनखेत, रजीया, भगवानपुर, संकरपुर, साझा बजार, ऐठापुर । पालिकाको ७,८,९, १० र ११ लगाएतका वडाका बस्तीहरु जोखीममा परेको स्थानीय नैनसिंह बुढामगरले बताए ।

ठेक्का पाएको निर्माण कम्पनीले नगरपालिका भित्र पर्ने कान्द्रा, शिवगंगा, अण्डैया लगाएतका नदीहरु तिब्र गतिमा उत्खनन गरीरहेको छ । गौरीगंगा नगरपालिकाले श्रीस्थान निर्माण सेवा प्रालीलाई ठेक्का सम्झौता गरेरको छ । निर्माण कम्पनीले जथाभावीरुपमा उत्खन्न गरेको स्थानीयले बताएका छन् । स्थानीय तहले ठेक्का लगाएको कारण अनुुगमनमा समस्या भएको सवडिभिजन बन अधिकृत भरत शाहले जानकारी दिए । शाहले मापदण्ड विपरित उत्खन्न भएको भन्ने सुन्नमा आएको त्यसको निगरानी भईरहको बताए ।
यता श्रीस्थान निर्माण सेवाका सञ्चालक धनन्जय कठायतले नगरपालिकाले तोकेै ठाउँबाट मात्रै उठाएको बताए । उनले मापदण्डमा रहेर सम्झौता बमोजिमनै काम भईरहेको बताए ।