
कैलाली – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दैछन् ।
यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।
नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ ।
आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ ।

