Advertisement

हाम्रो बारेमा

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि १० अर्ब अनुदान दिने

समाचार
काठमाडौं - भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।  बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा  दुई देशका बीचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो।  सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए।...

धनगढीमा ‘सिङ्गल’हरुका लागि म्यारिज ब्युरो

समाचार
धनगढी - कैलालीको धनगढीमा म्यारिज ब्युरो खुलेको छ । धनगढीमा फारवेष्ट म्यारिज ब्युरो सञ्चालन गरिएको हो । “राम्रो जीवनसाथी खोज्ने हाम्रो जिम्मेवारी, विश्वास र गोपनियता हाम्रो प्रतिबद्धता’ नारासहित धनगढीमै पहिलो पटक म्यारिज ब्युरो खुलेको छ ।  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ मा सञ्चालन आएको म्यारिज ब्युरोले युवा–युवतीहरूलाई परामर्शसमेत दिने बताएको छ ।  फारवेष्टमार्फत जीवनसाथी खोज्न चाहानेहरूले आफ्नो विवरण, जीवनसाथी सम्बन्धी अपेक्षा र संस्थासँगको सम्झौता पेस गर्नुपर्ने छ । फारवेष्टले जीवनसाथीका लागि विवरण दिनेछ । फारवेष्टले फेसबुक तथा ह्वाटसेवमार्फतसमेत सेवा दिने बताएको छ ।...

बझाङबाट छुटेको बस बाँकेमा दुर्घटना हुँदा १४ जना घाइते 

समाचार
धनगढी - बझाङबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको राप्तिसोनारी–२ मुगुवा खोला नजिक बिहीवार सुदुरपश्चिम प्रदेश ०१००१ ख ३४१४ नम्बरको बस र ना ५ ख ७४०८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाइते भएका छन् । बसका सहचालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ क १९ वर्षीय अनिल भट्ट, कैलालीको गोदावरी नगरपालिका–६ का ६४ वर्षीय नवराज कठायत र सोही ठाउँका ६२ वर्षीया लीलादेवी कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै, बैतडीको भुवनेश्वर गाउँपालिका–८ का ३२ वर्षीय लक्ष्मण विष्ट, डोटीको पूर्विचौकी गाउँपालिका–१ का ४८ वर्षीया मीनादेवी उपाध्याय, बझाङको खप्तडछान्ना गाउँपालिका–६ का ३८ वर्षीया जानकी नेपाली, सोही ठाउँका ४० वर्षीय सञ्जीव नेपाली, दुर्गाथली गाउँपालिका–५ का २४ वर्षीय नवीन मोर, छबिसपाथीभेरा गा...

धनगढीमा ‘मून लाईट’ सञ्चालनमा

समाचार
धनगढी - धनगढी लब्ली चोकमा ‘मून लाईट’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। धनगढी ५ लब्ली चोकमा जंगबहादुर बोगटीले मुन लाईट रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।   तालिम प्राप्त कर्मचारीबाट ताजा र स्वच्छ सेवा ‘मून लाईट’ ले दिने बोगटीले बताएका छन् । विभिन्न नास्ताका परिकारहरुका लागि त्यस क्षेत्रकै उत्कृष्ट रेष्टुरेन्ट ‘मून लाईट’ रहेको उनले बताए ।...

धनगढीमा ब्राउन सुगरसहित दुई महिला पक्राउ

समाचार
धनगढी - धनगढीमा ब्राउन सुगरसहित दुई महिला पक्राउ परेकी छिन् । बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरेको हो । प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरू मध्ये रिया बिष्टको साथबाट खैरो हिरोईन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोईन बरामद भएको बताए । दुबैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।...

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

समाचार
काठमाडौं - नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ । दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने छन् । शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किने छन् ।...

बालकुमारीमा घटना : अछामका शाहको परिवारलाई चौरपाटीद्वारा डेढ लाख राहत 

समाचार
अछाम - बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन् । गाउँपालिकाले बिहीवार शोक मनाउने र सार्वजनिक विदा दिनेसमेत निर्णय गरेको छ ।  बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए । उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।...

देउडा गीत `दुःखी मन´ सार्वजनिक 

समाचार
धनगढी - दिपकराज जोशी र राम पाण्डेको लय शब्दमा गायक तथा कलाकार अमृत नाथ र कृतिका कार्कीको अभिनय रहेको देउडा गीत दुःखी मन सार्वजनिक भएको छ ।  दिपक राज जोशी र गौरी ओझाको आवाज रहेको देउडा गीतमा सुदूरपश्चिमको भाषाकला र संस्कृति झल्किने प्रस्तुति रहेको छ ।  पछिल्लो समय रोजगारीको लागि देश बाहिर जानुपर्ने बाध्यता समेत सो गीतमा छर्लङ्ग रुपमा देखाएको छ । घरपरिवार पाल्न र साहूको ऋण तिर्न मात्रै धौधौ हुने गरेको परिस्थितिसमेत यो गीतमा देखाइएको छ ।  उक्त गीत अमृतनाथ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । दर्शकको माया ममता र साथ सहयोगले यो गीत पनि बजारमा ल्याउन सफल भएको कलाकार नाथले बताए ।...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...

केएमसीको आयोजनामा धनगढीको शिव माविमा स्वास्थ्य शिविर

समाचार
धनगढी - केएमसीको आयोजनामा धनगढीको शिव माविमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । कैलाली बहुमुखी क्यामपसको आयोजना हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालिको सहकार्यमा धनगढी-७ मा रहेको शिव माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरीएको हो । बुधबार गरिएको शिविरमा रगत, वीपी, र दाँतको परिक्षण गरिएको छ । स्कुलका प्रधानाध्यापक रानाबाट परीक्षणको उद्धघाटन गरीएको हो । कक्षा १ देखि १० कक्षासम्मको उक्त विद्यालयमा १६८ जनाले परीक्षण गराएका छन् । केही विद्यार्थीमा गिजा र दाँतमा जटिल समस्या केहिमा सामान्य समस्या देखापरेको जनाइएको छ ।...

नेकपा एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघमा हुने

समाचार
बझाङ - नेकपा एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघमा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले बझाङकाे ८ औं जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरिएको हो । बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको आयोजक कमिटीको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिती तोकिएको हो ।  आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने महरले बताए ।...

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ 

समाचार
धनगढी - कैलालीको टीकापुरबाट लागूऔषसहित तीन जना पक्राउ परेका छन् ।  टीकापुरको–९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन् । त्यस्तै टीकापुर–५ का २० वर्षीय बिकास पुनमगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशामा खटिएको प्रहरी टोलिले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो ।  जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज