
धनगढी – धनगढीमा ब्राउन सुगरसहित दुई महिला पक्राउ परेकी छिन् ।
बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरेको हो ।
प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरू मध्ये रिया बिष्टको साथबाट खैरो हिरोईन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोईन बरामद भएको बताए । दुबैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।