Advertisement

बझाङबाट छुटेको बस बाँकेमा दुर्घटना हुँदा १४ जना घाइते 

Advertisement

धनगढी – बझाङबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बाँकेको राप्तिसोनारी–२ मुगुवा खोला नजिक बिहीवार सुदुरपश्चिम प्रदेश ०१००१ ख ३४१४ नम्बरको बस र ना ५ ख ७४०८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । बसका सहचालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ क १९ वर्षीय अनिल भट्ट, कैलालीको गोदावरी नगरपालिका–६ का ६४ वर्षीय नवराज कठायत र सोही ठाउँका ६२ वर्षीया लीलादेवी कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

त्यस्तै, बैतडीको भुवनेश्वर गाउँपालिका–८ का ३२ वर्षीय लक्ष्मण विष्ट, डोटीको पूर्विचौकी गाउँपालिका–१ का ४८ वर्षीया मीनादेवी उपाध्याय, बझाङको खप्तडछान्ना गाउँपालिका–६ का ३८ वर्षीया जानकी नेपाली, सोही ठाउँका ४० वर्षीय सञ्जीव नेपाली, दुर्गाथली गाउँपालिका–५ का २४ वर्षीय नवीन मोर, छबिसपाथीभेरा गाउँपालिका–५ का ६८ वर्षीय हरीप्रसाद भट्ट, सोही ठाउँका २६ वर्षीय कृष्णप्रसाद भट्ट, तलकोट गाउँपालिका–१ का ४४ वर्षीय गगनबहादुर धामी, मष्टा गाउँपालिका–४ का २४ वर्षीया कमला जोशी, केदारस्युँ गाउँपालिका–४ का २० वर्षीय दिपेश भट्ट र सुर्मा गाउँपालिका–३ का १८ वर्षीय जगत बोहरा घाइते भएका छन् ।

बसमा १८ जना सवार रहेकोमा ४ जना सकुशल रहेका छन् । घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकसहित चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ का ४१ वर्षीय यज्ञप्रसाद गैरे प्रहरीको नियन्त्रणमा छन् भने बस चालक फरार रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज