
धनगढी – कैलालीको टीकापुरबाट लागूऔषसहित तीन जना पक्राउ परेका छन् ।
टीकापुरको–९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन् । त्यस्तै टीकापुर–५ का २० वर्षीय बिकास पुनमगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशामा खटिएको प्रहरी टोलिले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले बताए ।

