
धनगढी – केएमसीको आयोजनामा धनगढीको शिव माविमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
कैलाली बहुमुखी क्यामपसको आयोजना हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालिको सहकार्यमा धनगढी-७ मा रहेको शिव माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरीएको हो ।
बुधबार गरिएको शिविरमा रगत, वीपी, र दाँतको परिक्षण गरिएको छ । स्कुलका प्रधानाध्यापक रानाबाट परीक्षणको उद्धघाटन गरीएको हो ।
कक्षा १ देखि १० कक्षासम्मको उक्त विद्यालयमा १६८ जनाले परीक्षण गराएका छन् । केही विद्यार्थीमा गिजा र दाँतमा जटिल समस्या केहिमा सामान्य समस्या देखापरेको जनाइएको छ ।