
धनगढी – दिपकराज जोशी र राम पाण्डेको लय शब्दमा गायक तथा कलाकार अमृत नाथ र कृतिका कार्कीको अभिनय रहेको देउडा गीत दुःखी मन सार्वजनिक भएको छ ।
दिपक राज जोशी र गौरी ओझाको आवाज रहेको देउडा गीतमा सुदूरपश्चिमको भाषाकला र संस्कृति झल्किने प्रस्तुति रहेको छ ।
पछिल्लो समय रोजगारीको लागि देश बाहिर जानुपर्ने बाध्यता समेत सो गीतमा छर्लङ्ग रुपमा देखाएको छ । घरपरिवार पाल्न र साहूको ऋण तिर्न मात्रै धौधौ हुने गरेको परिस्थितिसमेत यो गीतमा देखाइएको छ ।
उक्त गीत अमृतनाथ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । दर्शकको माया ममता र साथ सहयोगले यो गीत पनि बजारमा ल्याउन सफल भएको कलाकार नाथले बताए ।