
बझाङ – नेकपा एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघमा हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले बझाङकाे ८ औं जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरिएको हो ।
बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको आयोजक कमिटीको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।
जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिती तोकिएको हो ।
आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने महरले बताए ।