Advertisement

हाम्रो बारेमा

धनगढी १४ मा जारी वडा स्तरीय फुटबलमा वडा नम्बर १५ दोस्रो राउन्डमा प्रवेश 

समाचार
धनगढी - धनगढीको वडा नम्बर १४ मा जारी वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप २०८० फुटबल प्रतियोगितामा वडा नम्बर १५ प्रतियोगिताको दोस्रो राउन्डमा प्रवेश गरेको छ । आज धनगढी १४, फूलबारीको स्याउलेमा भएको उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडा नम्बर ६ लाई पेनाल्टी शुटआउटमा ७-६ ले जितेर दोस्रो राउन्डमा प्रवेश गरेको हो । वडा नम्बर १४ को सहकार्यमा फुलबारी ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख १ हजार पाँच सय ५५ पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पाँच सय ५५ रहेको आयोजकले जनाएको छ ।...

१६ लाख बढी नेपाली बिदेश जाँदा ७० हजार बढी स्थायी बसोबासका लागि बिदेसिए

समाचार
काठमाडौं - नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् ।  आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो ।  समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार  ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए । उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६...
१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई

१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई

खेलकुद, बझाङ, मुख्य समाचार
बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङशिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो। स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् । निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण दिलाइन् । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका हुन ।...

लम्कीचुहा दुईको सहयोगमा २० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम

समाचार
लम्कीचुहा -  लम्कीचुहा नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा आर्थिक अवस्था कमजोर भएका २० जना विद्यार्थीलाई नि:शुल्क तालिम प्रदान गरेको छ । राष्ट्रिय नमुना मावि मोतिपुर र जनसेवा मावि गणेशपुरमा अध्ययनरत आर्थिक अवस्था नाजुक भएका २० जना विद्यार्थीलाई मोतिपुरको नेशनल एडभान्स कम्प्युटर ईन्स्टिच्युटमा तीन महिने नि:शुल्क कम्प्युटर तालिम प्रदान गरिएको हो । आज आइतबार प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम गर्दै उक्त तीन महिने तालिम सम्पन्न गरिएको छ । वडालाई शिक्षा, प्रविधि लगायत हरेक क्षेत्रमा विकास गर्ने र वडालाई सुन्दर बनाउने परिकल्पना गरेको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताएका छन् । आफू सधैं जनताको साथमा रहेको र जनताको सल्लाह सुझाव अनुसार जनअपेक्षित काम गर्दै जाने उनले बताए ।...

धनगढीको ‘साइनो एजुकेसन’का यति धेरै उपहार : सय प्रतिशतसम्म छात्रवृत्ति 

समाचार
धनगढी - धनगढीको साइनो एजुकेसनले वार्षिकोत्सबका अवसरमा छुट तथा आकर्षक उपहारका साथमा सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम मनाइँरहेको छ । गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आउँदो फागुन ६ गते औपचारिक समारोहका बीच वार्षिकोत्सब मनाउने भएको छ । उक्त अवसरमा आउँदो फागुन ५ गतेसम्म कुनै पनि कोर्षमा भर्ना गर्ने विद्यार्थीलाई २५ प्रतिशत छुट दिने सञ्चालक रोहित चन्दले बताएका छन् ।  एउटै कार्डबाट एक वर्षसम्म छुट  साइनो एजुकेसनले नि:शुल्क 'Scholarship Card' वितरण गर्ने र उक्त कार्ड ल्याउने विद्यार्थीहरुलाई १५ प्रतिशत छुट गरिने एजुकेसनका सञ्चालक रोहित चन्दले बताएका छन् ।  उक्त कार्ड आफ्ना साथीभाइ तथा प्रियजन लगायत अरु कोहिलाईसमेत दिँदा सबैलाई छुट दिइने उनले बताए । उक्त कार्ड ल्याउँदा ...

सामाजिक अभियन्ता लक्ष्मीको सहकार्यमा लम्कीको चौधरी बस्तीमा कपडा वितरण

समाचार
कैलाली - कैलालीको लम्किचुहा नगरपालिका बाहुनपुरको चौधरी बस्तीमा कपडा वितरण गरिएको छ । वैदेशिक रोजगारीमा रहेका सर्ला श्रेष्ठ दम्पती, सीता अधिकारी, देवी खरेल पाण्डे, मेनुका यङछङबो लिम्बु, गुरास राई र राजा अ सन्जुको आर्थिक सहकार्यमा उक्त कपडा वितरण गरिएको हो । उक्त बस्तीमा केहि महिना अगाडि अभियन्ता लक्ष्मी कुँवर बोगटी आफैं गएर त्यहाँको अवस्थालाई सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यहाँको नाजुक अवस्था देखेपछि प्रवासमा रहेका नेपालीहरु सहयोग मिलेको र सोही रकमबाट उक्त वस्तीमा कम्बल र टोपी सहयोग गरिएको उनले बताइन् । उक्त कपडा वितरण कार्यक्रममा सोही वडाका वडा अध्यक्ष लोकेन्द्र कठायत, समाजसेवी देबिका कार्की, किरण क्षेत्रीको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै लक्ष्मी बोगटी कुँवरले जम्मा ३५ कम्मल मध्य यहाँ १२ र  बाकी गौरिगङ्गा नगर पालिकामा बाड्ने बताएकी छन् ।...
नेपाली औषधि बजार र आर्थिक असर:अहिले ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन्

नेपाली औषधि बजार र आर्थिक असर:अहिले ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन्

समाचार
अहिलेको आर्थिक मन्दीले सबै क्षेत्रमा प्रभाव पारेको छ। औषधि बजारमा पनि त्यसको असर परेको छ। औषधि त कसैले पनि उधारो खाँदैनन्, बिरामीहरूले घर बन्दीकी राख्लान् तर औषधि उधारो लिँदैनन् भन्ने प्रश्न आउन सक्छ। वास्तमा यो कुरा साँचो पनि हो। तर बिरामीले उधारो नखाए पनि खुद्रा पसलदेखि स्टोर हुँदै उत्पादकसम्म आउँदा धेरै उधारोहरु बाँकी रहेको हुन्छ। औषधि उद्योग र आर्थिक कारोबार (क्यास)को फरक बुझ्न सप्लाइ चेन बुझ्नुपर्छ। हामी औषधि बनाउँछौँ। कति उद्योगको औषधि सुपर डिलरलाई जान्छ। सुपरडिलरले औषधि ठाउँठाउँका स्टकिस्टहरूमा दिन्छ। त्यसपछि बल्ल पसलमा गएर बिक्री गरिन्छ।  धेरै उद्योगको कुरा गर्दा प्रायःको स्टकिस्टले लिन्छ, स्टकिस्टबाट रिटेलरमा जान्छ। रिटेलरकहाँ ग्राहकले आएर किन्ने गर्छन्। तर औषधि क्षेत्रको प्रत्यक्ष ग्राहक बिरामी नभइ डाक्टर हुन्। डाक्टरले कुन औषधि प्रेस्काइब गर्छ बिरामीले त्यही अनुसार कि...
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एसपीएका प्राध्यापक पक्राउ

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एसपीएका प्राध्यापक पक्राउ

कैलाली, मुख्य समाचार
कैलाली - कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) का प्राध्यापक पक्राउ परेका छन्। एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन्। होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेको हो । एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। आइतवार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।...

बाजुराको एक वडा कार्यालयमा २० दिनदेखि तालाबन्दी

समाचार
बाजुरा - बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको छैन ।  राजनीतिक दलले वडामा सचिवको माग गर्दै तालाबन्दी गरेको दुई हप्ताभन्दा बढी समय बितेको छ ।  वडा कार्यालयबाट हुने काम कारबाही प्रभावित बन्दै गएको छ भने स्थानीयवासी आक्रोषित भएका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिलेसम्म सो वडामा सचिव नपठाएकोले तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका–७ का वडा सभापति वीरबहादुर केसीले बताए । पालिकाका अन्य वडाले सचिव पाउनु र यो वडाले सचिव किन नपाएको भन्दै उनले यस वडाका सबै राजनीतिक दलको संयुक्त रोहबरमा ताला लगाएको स्पष्ट पार्नुभयो । वडा सचिव नपाउँदासम्म ताला नखोलिने केसीले बताए । लामो समयसम्म वडामा तालाबन्दी भएपछि स्थानीयवासी नागरिकता सिफारिस, जन्मदर्ता, विवाहदर्ता, बसाँइसराइ, मृत्युदर्तालगायतका सिफारिस लिनबाट वञ्चित भएका ...

‘ओम्स’ सुदूरपश्चिमद्वारा प्रदेश भेला : प्रदेश, महिला र युवा कमिटी गठन 

समाचार
धनगढी - बजार व्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित प्रदेश भेला तथा बनभोज कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ। ओम्सका प्रदेश अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा भएको उक्त भेलाका प्रमुख अतिथी ओम्स नेपालका केन्द्रिय अध्यक्ष सूर्य पराजुलि रहेका थिए । जिफन्टका प्रदेश अध्यक्ष जित बहादुर मल्ल विशिष्ट अतिथि रहेको उक्त भेलामा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा व्यवसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्र कुमार सिंह, ओम्स नेपालका केन्द्रिय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिव जनक ढकाल, केन्द्रिय सदस्य महेश फुलारा, गोबिन्द ओलि, प्रमित पराजुली र मधेस प्रदेश संयोजक पंकज मिश्र अतिथी रहेका थिए ।  उक्त भेलामा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई पनि आमन्त्रण गरि २५ ओटा पुस्तक खरिद गरिएको उक्त भेलामा ओम्सका प्रदेश सदस्य रुद्र पौडेलले कार्यक...

ऐश्वर्यमा पाँच दिने साहित्य तथा वाक कला कार्यशाला सम्पन्न

समाचार
धनगढी - धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा पाँच दिने साहित्य तथा वाक कला कार्यशाला गरिएको छ । क्याम्पसमा रहेको ऐश्वर्य साहित्य प्रतिष्ठानको आयोजनामा माघ २३ देखि माघ २७ गतेसम्म  उक्त कार्यशाला गरिएको हो । कार्यक्रममा उद्घोषण तालिम, गजल र कविता लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियोे । त्यस्तै कार्यशालामा रेडियो तथा टेलिभिजन उद्घोषण र समाचार लेखन सम्बन्धि प्रशिक्षण दिइएको थियो । कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको र फेरि पनि यस्तै अवसर प्रदान गरिदिन आयोजक ऐश्वर्य साहित्य प्रतिष्ठानलाई प्रशिक्षार्थी गजेन्द्र कुँवरले बताए । यस्तो कार्यक्रममा सहभागी हुने अवसर पाउन मस्किल हुने भएपनि ऐश्वर्य साहित्य प्रतिष्ठानले यो अवसर प्रदान गरिदिएकोमा खुशी लागेको कार्यक्रममा सहभागी अक्षता बमले बताइन् । साहित्य प्रतिष्ठान साहित्यमा मात्रै नभई विद्यार्थीका लागि आवश्यक व्यक्तित्व विका...

तीन ब्याटरले अर्धशतक बनाउँदा क्यानडाविरुद्ध नेपालको सहज जित

समाचार
काठमाडौं - तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ ।  शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए । कप्तान रोहितले सर्वाधिक ८७ रन बनाए । १०१ बलमा आठ चौका र एक छक्का हिर्काएका रोहितलाई क्यानडाका कप्तान साद बिन जहादले विकेटकिपर मोभाबाट क्याच गराएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान रोहितको यो नवौँ अर्धशतक हो । ६४/२ को अवस्थाबाट रोहितले तेस्रो विकेटका निम्ति देव खनालसँग १५० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज