
धनगढी – धनगढीको वडा नम्बर १४ मा जारी वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप २०८० फुटबल प्रतियोगितामा वडा नम्बर १५ प्रतियोगिताको दोस्रो राउन्डमा प्रवेश गरेको छ ।
आज धनगढी १४, फूलबारीको स्याउलेमा भएको उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडा नम्बर ६ लाई पेनाल्टी शुटआउटमा ७-६ ले जितेर दोस्रो राउन्डमा प्रवेश गरेको हो ।
वडा नम्बर १४ को सहकार्यमा फुलबारी ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख १ हजार पाँच सय ५५ पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पाँच सय ५५ रहेको आयोजकले जनाएको छ ।


