Advertisement

१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई

Advertisement

बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङशिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो।

स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् ।

निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण दिलाइन् । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका हुन । प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेको थियो । त्यसैगरी केदारस्यूँ गाउँपालिकाले द्धितिय र जयपृथ्वी नगरपालिकाले हात पारेका छन् । 

१३ स्वर्ण, दुई रजतसहित १५ पदक हात पार्दै बुंगल नगरपालिकाले १४ राष्ट्रपति रनिङशिल्डको उपाधी हात पारेको हो । त्यसैगरी ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित केदारस्यूँ गाउपालिकाले १७ पदक हात पारेको छ । यता तृतिय स्थान हात पारेको जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ काँस्य सहित १४ पदक प्राप्त गरेको छ ।

चौथौं स्थान हात पारेको खप्तडछान्ना गाउँपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्यँसहित ८ पदक, थलारा गाउँपालिकाले १ स्वर्ण, ३ रजत गरी ४ पदक, छविसपाथिभेरा गाउँपालिकाले १ स्वर्ण, २ रजत र ८ काँस्य गरी ११ पदक हात पारेको छ ।

त्यसैगरी बित्थडचिर गाउँपालिकाले १ स्वर्ण, २ रजत र ३ काँस्यसहित ६ पदक, दुर्गाथली गाउँपालिकाले १ स्वर्ण, १ रजत र ५ काँस्यसहित ७ पदक, सुर्मा गाउँपालिकाले १ स्वर्ण, २ काँस्यसहित ३ पदक, तल्कोट गाउँपालिकाले २ रजत, मष्टा गाउँपालिकाले १ रजत र १ कास्यसहित २ पदक र साइपाल गाउँपालिकाले १ रजत प्राप्त गरेको जिल्ला खेलकुद समिती बझाङका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभयो ।

यही माघ २४ गतेदेखि केदारस्युँ गाउँपालिकाको झोतास्थित भैरव माविमा सञ्चालन भएको १४ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता आज समापन भएको हो । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ । जिल्ला खेलकुद समितिको आयोजना र केदारस्युँ गाउँपालिकाको सहआयोजनाका प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज