Advertisement

तीन ब्याटरले अर्धशतक बनाउँदा क्यानडाविरुद्ध नेपालको सहज जित

Advertisement

काठमाडौं – तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए ।

कप्तान रोहितले सर्वाधिक ८७ रन बनाए । १०१ बलमा आठ चौका र एक छक्का हिर्काएका रोहितलाई क्यानडाका कप्तान साद बिन जहादले विकेटकिपर मोभाबाट क्याच गराएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान रोहितको यो नवौँ अर्धशतक हो ।

६४/२ को अवस्थाबाट रोहितले तेस्रो विकेटका निम्ति देव खनालसँग १५० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि नेपालले बनाएको यो सबैभन्दा ठूलो साझेदारी समेत हो ।

चौथो नम्बरमा ब्याटिङमा आएका देवले ७६ रन बनाए । उनले ८१ बलमा सात चौका र दुई छक्का हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा देवको यो तेस्रो अर्धशतक हो ।

यस्तै, दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलले कीर्तिमानी ब्याटिङ गर्दै ५० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । योसँगै अनिल नेपाली टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याटर समेत बने ।

२०औँ बलमा क्यानडाका इश्वरजोत सोहीबाट एलबीडब्ल्यूको धरापमा परेका अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफले यसअघि २१ बलमा अर्धशतक बनाएका थिए । २५ वर्षीय अनिलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक समेत हो ।

अनिल र आसिफले २६ बलमा ५० रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । आसिफ १० रन बनाएर आउट भए ।

पाँचौँ नम्बरमा क्रिजमा पुगेका भीम सार्कीले २१ बलमा २३ रनको योगदान गरे । पवन सर्राफले १४ रन बनाए ।

क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले दुई/दुई विकेट लिए । कप्तान साद र दिलप्रित बज्वाले समान एक विकेट हात पारे ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

क्यानडाका ओपनर जोन्सनले सर्वाधिक ६५ रन बनाए । उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । जोन्सनले पहिलो विकेटका निम्ति अर्का ओपनर नवतिन धलिवालसँग १८.२ ओभरमा ९४ रनको साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । धलिवालले ६० बलमा आठ चौकासहित ४६ रन बनाए ।

श्रेया मोभाले ४० र पर्गत सिंहले ३८ रन थपे । निकोलस किर्टोन र उदय भगवानले समान २० रन जोडे । दिलप्रिच बज्वाले १९ र साहिद अहमदजाईले १३ रन बनाए ।

क्यानडाबाट क्याटिङका निम्ति आएका १० मध्ये आठ ब्याटरले दोहोरो अंकमा रन जोडेका थिए ।

नेपालका कप्तान पौडेल र कुशल मल्ले समान दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ आकाश चन्दले समान एक विकेट लिए । नेपाली सिनियर राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका आकाशले पाँच ओभरमा ३१ रन खर्चिए ।

जितसँगै नेपालले तीन खेलको शृंखला अन्तिम खेलअगावै २–० ले जितेको छ । अब यी दुई टिमबीचको अन्तिम खेल आउँदो सोमबार हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज