
धनगढी – धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा पाँच दिने साहित्य तथा वाक कला कार्यशाला गरिएको छ ।
क्याम्पसमा रहेको ऐश्वर्य साहित्य प्रतिष्ठानको आयोजनामा माघ २३ देखि माघ २७ गतेसम्म उक्त कार्यशाला गरिएको हो ।
कार्यक्रममा उद्घोषण तालिम, गजल र कविता लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियोे । त्यस्तै कार्यशालामा रेडियो तथा टेलिभिजन उद्घोषण र समाचार लेखन सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको र फेरि पनि यस्तै अवसर प्रदान गरिदिन आयोजक ऐश्वर्य साहित्य प्रतिष्ठानलाई प्रशिक्षार्थी गजेन्द्र कुँवरले बताए ।
यस्तो कार्यक्रममा सहभागी हुने अवसर पाउन मस्किल हुने भएपनि ऐश्वर्य साहित्य प्रतिष्ठानले यो अवसर प्रदान गरिदिएकोमा खुशी लागेको कार्यक्रममा सहभागी अक्षता बमले बताइन् ।
साहित्य प्रतिष्ठान साहित्यमा मात्रै नभई विद्यार्थीका लागि आवश्यक व्यक्तित्व विकाससँगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरिरहने प्रतिष्ठानका महासचिव भरत साउँदले बताएका छन् ।
