Advertisement

‘ओम्स’ सुदूरपश्चिमद्वारा प्रदेश भेला : प्रदेश, महिला र युवा कमिटी गठन 

Advertisement

धनगढी – बजार व्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित प्रदेश भेला तथा बनभोज कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ।

ओम्सका प्रदेश अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा भएको उक्त भेलाका प्रमुख अतिथी ओम्स नेपालका केन्द्रिय अध्यक्ष सूर्य पराजुलि रहेका थिए ।

जिफन्टका प्रदेश अध्यक्ष जित बहादुर मल्ल विशिष्ट अतिथि रहेको उक्त भेलामा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा व्यवसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्र कुमार सिंह, ओम्स नेपालका केन्द्रिय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिव जनक ढकाल, केन्द्रिय सदस्य महेश फुलारा, गोबिन्द ओलि, प्रमित पराजुली र मधेस प्रदेश संयोजक पंकज मिश्र अतिथी रहेका थिए । 

उक्त भेलामा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई पनि आमन्त्रण गरि २५ ओटा पुस्तक खरिद गरिएको उक्त भेलामा ओम्सका प्रदेश सदस्य रुद्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त भेला बाट ओम्स प्रदेश कमिटी, महिला कमिटी र युवा कमिटि को गठन गरिएको जनाइएको छ ।

उक्त भेलाबाट ओम्स नेपालको १३ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा जयराज मिश्र, उपाध्यक्षमा प्रमिला भण्डारी, सचिवमा प्रेम कार्की, उप सचिवमा भुपेन्द्र बम र कोषाध्यक्षमा सुशील पौडेल चयन भएका छन् । त्यस्तै सदस्यमा कृष्ण पोखरेल, बिजय केसि, देबराज पान्डे, दिपक ढकाल, रुद्र पौडेल, तेजराज भट्ट, गोबिन्द भन्डारी र लिलाधर भन्डारी चयन भएका छन् ।

त्यस्तै ९ सदस्यीय युवा कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा पुष्कर सिंह धामी, उपाध्यक्षमा पर्मानन्द शर्मा, सचिवमा प्रेम सिंह धामी, उपसचिवमा लक्ष्मण शाह र कोषाध्यक्षमा राम प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यमा खेम धामी, मुकुन्द भट्ट, प्रकाश नाथ र गणेश कुँवर चयन भएका छन् ।

उक्त भेलामा ९ सदस्यीय महिला कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा निरमाया चौधरी, उपाध्यक्षमा उमा गिरि, सचिवमा शिल्पा खाती, उपसचिवमा प्रमिला पाठक र कोषाध्यक्षमा लक्ष्मी कडाला चयन भएका छन् । त्यस्तै सदस्यमा कबिता आग्री, लबि बिस्ट, संगीता चौधरी र अनुशा पार्की चयन भएका छन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज