दार्चुलाको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण, स्थानीय आक्रोशित
दार्चुला— सदरमुकाम खलङ्गाको नेपाली भूमिमा भारतले तटबन्ध निर्माणको काम तीव्र रुपमा अगाडि बढाइरहेको छ। भारतीय डोजरले दैनिक रूपमा काम गरिरहे पनि स्थानीय प्रशासन र जनप्रतिनिधिहरू मौन बसेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।
२०७० सालको बाढीपछि महाकाली नदीले धार परिवर्तन गरेपछि पारी पुगेको करिब ५० रोपनी नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको स्थानीयको भनाइ छ। कानुनी रूपमा नेपालकै नक्सामा उल्लेखित गल्फैस्थित बसपार्क क्षेत्र अहिले महाकालीको पारीतिर परेको छ।
स्थानीय अनिल ठगुन्नाका अनुसार, सो क्षेत्र विगतमा नेपालकै वन तथा भू–संरक्षण कार्यालय र बासस्थान रहेको थियो। तर अहिले भारतले सो क्षेत्र कब्जा गर्दै डोजर प्रयोग गरेर बाँध निर्माण गरिरहेको छ।
स्थानीय सुन्दरसिंह धामीले नापी विभागको टोलीले अघिल्लो समयमा सो क्षेत्रको नापजाँच गर्दा नेपालको भूमि भएको पुष्टि भए पनि रिपोर्ट अझै सार्वजनिक ...












