प्रधानमन्त्रीसँग शिक्षक महासंघको छलफल, आन्दोलन यथावत्
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग शिक्षक आन्दोलनबारे छलफल गर्नुभएको छ।
हिजो साँझ बालुवाटारमा भएको छलफलमा शिक्षा ऐनको तयारी, आन्दोलनको कारण र समाधानका उपायहरूबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै ल्याउने प्रतिबद्धता जनाए पनि शिक्षकहरू पूर्ण आश्वस्त हुन सकेका छैनन्। उनीहरूले आन्दोलन जारी राख्ने अडान दोहोर्याएका छन्।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी छलफलमा सहभागी थिए।
शिक्षकहरूले विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरूले शिक्षा मन्त्रालयको वार्ता प्रस्ताव अस्वीकार गर्दै शैक्षिक हडताललाई निरन्तरता दिँदै आएका छन्।
यस ...












